२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज

२०७९, २५ बैशाख आईतवार ०७:२०

वैशाख २५, बारा | विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै देशसँगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो । प्रभावित भएको क्षेत्रमध्ये एक हो, पर्यटन क्षेत्र । अहिले कोरोना केही मत्थर भएको बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल देख्न सकिन्छ । तर, पर्यटकको प्रचुर सम्भावना बेकेको प्रदेश २ को एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज भने सुनसान देखिन्छ । 


पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसँगै पर्यटकको रोजाइ स्थल बन्ने धेरैले आशा राखेका भए पनि पर्यटक भने आएका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा विकास नगर्दा पर्सा राष्टिय निकुञ्जले पर्यटकलाई आकर्षित गर्न सकेको छैन । 

पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसँगै भौतिक संरचना निर्माणले गति लिएको भए पनि पर्यटकलाई भने आकर्षित गर्न नसकेको हो । 

यस निकुञ्जको क्षेत्रमा जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आवागमन अत्यधिक छ ।  पर्सा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुमाउन आतुर रहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।

अब निकुञ्ज, पर्यटन होटल व्यवसायी, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार सबै मिलेर यसको प्रचारप्रसारमा लाग्नुपर्ने प्रमुख संरक्षण अधिकृत साहको भनाइ छ । यस निकुञ्जमा पर्यटकहरूका लागि ऐतिहासिक हलखोरिया दह, कामिनी दह, घाँसे मैदानलगायत दुई दर्जनभन्दा बढी रमणीय स्थान छन् । यहाँ संरक्षित गौरीगाई, बाघ, गैंडा, सालकलगायत वन्यजन्तु छन् । त्यसैगरी संरक्षित पक्षीहरूमा राज धनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मुजुर, सानो खर मुजुर, सारस तथा अजिङ्गर, सुन गोहोरो छन् । यो निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुख वासस्थान मानिने निकुञ्ज जनाएको छ ।


उत्तरमा विश्वको कान्छो पहाड चुरे शृंखला, पूर्वमा निजगढ नगरपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणमा पूर्व—पश्चिम राजमार्ग गरी यसको क्षेत्रफल हाल ६२७.३९ वर्ग किमि फैलिएको छ ।यस निकुञ्जको चुरे पहाडमा प्रसिद्ध महादेव मन्दिर पनि रहेको छ। जहाँ शिवरात्रि र साउन महिनाभर स्थानीय स्वदेशी तथा भारतीय दर्शनार्थीहरूको समेत भीड लाग्ने गरेको छ ।


निकुञ्ज भित्रका वन्यजन्तु देखाउन भित्री मार्ग तयार गर्नुपर्ने, पर्यटक घुमाउन सकिने र उनीहरूका लागि सुरक्षित खान बस्नको व्यवस्थामा विगतभन्दा धेरै अघि बढिसकेको छ । बढीभन्दा बढी पर्यटकको आवागमनको पखाईमा होटल व्यवसायीहरू रहेको छन् । स्तरोन्नति भए पनि प्रचारप्रसार नहुँदा निकुञ्ज ओझेलमा पर्दै आएको होटल तथा पर्यटन महासंघ प्रदेश २ का संरक्षक सल्लाहकार युवराज लामाले बताए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला