२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज

२५ बैशाख २०७९, आईतवार ०७:२०

वैशाख २५, बारा | विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै देशसँगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो । प्रभावित भएको क्षेत्रमध्ये एक हो, पर्यटन क्षेत्र । अहिले कोरोना केही मत्थर भएको बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल देख्न सकिन्छ । तर, पर्यटकको प्रचुर सम्भावना बेकेको प्रदेश २ को एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज भने सुनसान देखिन्छ । 


पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसँगै पर्यटकको रोजाइ स्थल बन्ने धेरैले आशा राखेका भए पनि पर्यटक भने आएका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा विकास नगर्दा पर्सा राष्टिय निकुञ्जले पर्यटकलाई आकर्षित गर्न सकेको छैन । 

पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसँगै भौतिक संरचना निर्माणले गति लिएको भए पनि पर्यटकलाई भने आकर्षित गर्न नसकेको हो । 

यस निकुञ्जको क्षेत्रमा जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आवागमन अत्यधिक छ ।  पर्सा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुमाउन आतुर रहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।

अब निकुञ्ज, पर्यटन होटल व्यवसायी, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार सबै मिलेर यसको प्रचारप्रसारमा लाग्नुपर्ने प्रमुख संरक्षण अधिकृत साहको भनाइ छ । यस निकुञ्जमा पर्यटकहरूका लागि ऐतिहासिक हलखोरिया दह, कामिनी दह, घाँसे मैदानलगायत दुई दर्जनभन्दा बढी रमणीय स्थान छन् । यहाँ संरक्षित गौरीगाई, बाघ, गैंडा, सालकलगायत वन्यजन्तु छन् । त्यसैगरी संरक्षित पक्षीहरूमा राज धनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मुजुर, सानो खर मुजुर, सारस तथा अजिङ्गर, सुन गोहोरो छन् । यो निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुख वासस्थान मानिने निकुञ्ज जनाएको छ ।


उत्तरमा विश्वको कान्छो पहाड चुरे शृंखला, पूर्वमा निजगढ नगरपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणमा पूर्व—पश्चिम राजमार्ग गरी यसको क्षेत्रफल हाल ६२७.३९ वर्ग किमि फैलिएको छ ।यस निकुञ्जको चुरे पहाडमा प्रसिद्ध महादेव मन्दिर पनि रहेको छ। जहाँ शिवरात्रि र साउन महिनाभर स्थानीय स्वदेशी तथा भारतीय दर्शनार्थीहरूको समेत भीड लाग्ने गरेको छ ।


निकुञ्ज भित्रका वन्यजन्तु देखाउन भित्री मार्ग तयार गर्नुपर्ने, पर्यटक घुमाउन सकिने र उनीहरूका लागि सुरक्षित खान बस्नको व्यवस्थामा विगतभन्दा धेरै अघि बढिसकेको छ । बढीभन्दा बढी पर्यटकको आवागमनको पखाईमा होटल व्यवसायीहरू रहेको छन् । स्तरोन्नति भए पनि प्रचारप्रसार नहुँदा निकुञ्ज ओझेलमा पर्दै आएको होटल तथा पर्यटन महासंघ प्रदेश २ का संरक्षक सल्लाहकार युवराज लामाले बताए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने