१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाउँमा ‘न्यू इयर इभ’ गर्दै

२६ चैत्र २०७८, शनिबार १०:२७

चैत्र २६, बुटवल | होटल पौवाले नेपाली नयाँ वर्षलाई इभ (३० चैत)मा तीनवटा शाखामा एकैसाथ सांगीतिक कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । 

पौवा ग्रुपका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका संचालनमा रहेका १२ शाखामध्ये तीन वटा शाखामा ‘न्यु इयर इभ’ कार्यक्रम सन्चालन हुनेछ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने प्रबन्ध निर्देशक ज्ञवालीले बताए । 

कार्यक्रमअन्तर्गत ३० चैत साँझ भालुवाङमा थारु संस्कृतिमा आधारित सांगीतिक कार्यक्रम हुनेछ । यसपछि बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी संगीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । भण्डारीका अनुसार ३० चैत साँझलाई भालुवाङमा पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारले मनोरञ्जन प्रदान गर्ने छन् भने बुटवलमा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुति रहनेछ । यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहनेछ । 

कार्यक्रममा प्रवेश निःशुल्क हुने ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘५० रुपैयाँदेखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको छ,’ भण्डारीले भने, "कार्यक्रम हेर्न आउने आमन्त्रितलाई निमन्त्रणा कार्डका साथमा लिएर आउन आग्रह छ ।’ 

"पछिल्लो समय अंग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिए पनि पौवाले नेपालीले वर्षौंदेखि मनाउँदै आएको चैत मसान्तमा पूरानो साललाई बिदाई र नयाँ सालको स्वागत गर्नेगरी कार्यक्रम तय गरिएको छ," पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

स्थापनकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखामा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रम हुँदै आएका छन् । 

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हालसम्म पौवाले कर्णाली प्रदेशको जुम्ला र सुुदुरपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्तरको आतिथ्य प्रदान गरेको छ । 

चैत महिनादेखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको ज्ञवालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल