२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

चौतारा दारेगौंडामा बन्यो ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क

२०७८, २४ चैत्र बिहीबार ०९:४२

चैत्र २४, सिन्धुपाल्चोक | चौतारा साँगाचोकगढी  नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको  बुद्धपार्क बनेको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजनाअनुरुप नगरपालिकाको नगर गौरवको योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क बनेको हो ।

सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्धमूर्ति ६७ फिट अग्लो छ । अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना रहेको नगरपालिका मेयर अमानसिंह तामाङले बताए । सो बुद्धपार्कबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ । 

समुद्र सतहबाट दुई हजार एक सय ५० मिटरको उचाइमा रहेका पर्यटकीय हिमाली गाउँ ओखरेनीमा रहेको चिया बगानसम्म पर्यटक लैजाने बुद्ध मूर्तिको प्रतिमाले महत्व राख्दछ । सदरमुकामबाट बुद्धपार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ । 

बिहीबार सो निर्मित भ्यु टावरसहितको बुद्धपार्कको सभामुख अग्निप्रसाद सापकोटाले समुद्घाटन गरेका छन्  । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना