१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रानीमहल नियाल्दै र्‍याफ्टिङ सरर’

५ कार्तिक २०७९, शनिबार ०७:१५

कात्तिक ५, तानसेन | बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन ।

पहिलो पटक रानीमहल आउनुभएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए ।  ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”, पौडेल भन्छन्, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’

तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन् ।

रानीमहलमा दैनिक दुई सयभन्दा वढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्दछन् । जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् ।

स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गर्नुभएको थिएन । उनी भन्छन् , ‘मेरो घर नजिकै भएर पनि यहाँ (र्‍याफ्टिङ) सुविधा छ, भन्ने थाहा थिएन ।’ चौथो पटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनी बताउँछन् ।

जलयात्राका लागि दुईवटा बोट सञ्चालनमा छन् । सुरक्षालाई कायक, हेलमेट, लाइफ ज्याकेट र बीमाको व्यवस्था गरिएको छ । “र्‍याफ्टिङ भनेपछि पर्यटक डराउने गर्नुहुन्छ’, क्षेत्री भन्छन्, “सबैखाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ ।’

प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगैको रानीमहल हेर्न पर्यटक आउँछन् ।

कालीगङ्गाको तटमा बसेर रानीमहललाई नियाल्दै, सांसारिक दुःख, कष्ट र सुर्तालाई भुल्न प्रेम गर्ने जोडीहरु यहाँ आउछन् । यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सीमाना जोडिएका तानसेन नगरपालिका, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन् ।

बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानीमहल र रानीमहलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ ।

अग्ला पहाडको खोंचबाट कालीगण्डकी नदी रानीमहलको आड भएर बहन्छ । उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तरवाहिनी नदीका नामले समेत चिनिन्छ ।

जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटरबाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानीमहल कम पर्ने गर्दथ्यो ।

पछिल्लो समय मोटरबाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । राससबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन