२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाने हैन त स्याबल पोखरी (फाेटाे फिचरसहित)

२०७९, ३० श्रावण सोमबार ११:२९

साउन ३०, सिन्धुपाल्चोक | प्रकृतिका सुन्दर वस्तु हेर्न कसलाई मन नलाग्ला र ? यस्ता वस्तुले मनलाई प्रफुल्ल बनाउने मात्रै होइन जीवनमा नयाँ रंग पनि भरिदिन्छ । दुःख पीडा भुलाउने त छदैछ मन शान्त र सुमधुर बनाउँछ । 

यस्तै, सुन्दर प्राकृतिक पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–३ स्थित स्याबल, सत्य, न्याखर्क पोखरी । यहाँ पुग्ने जोसुकैले फर्कदा भिन्न महशुस गर्ने गरेको बताउँछन् । 


समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको स्याबल पोखरी, ४३ सय ६५ मिटरको सत्य(बौलाह) पोखरी, ४३ सय ६७ मिटर उचाईमा रहेको न्याखर्क पोखरी धार्मिक तीर्थस्थलका रुपमा समेत परिचित छ । विशेषगरी स्याबल प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक पोखरी हो । यो पोखरीको लम्बाई पाँच सय मिटर र चौडाई तीन सय मिटर छ । यो अण्डाकारमा फैलिएको छ ।   

लामा गुरु निमा शेर्पाका अनुसार खर्कमा चर्न गएको चौरी एकाएक हराएपछि गोठालोहरूले चौरी खोज्ने क्रममा स्याबल पोखरी फेला पारेका हुन् । चौरीहरूले पोखरीको डिलको ढुंगामा दुध दिएको देखेपछि भगवान महादेव रहेको विश्वासमा पुजाआजा गर्न थालिएको थियो । उनका अनुसार आँखा चिम्लेर वरदान माग्दा गोठालाहरूको हातमा चौरीको भुत्ला हातमा परेको विश्वास छ । यसपछि चौरीको गोठ बड्न थालेको र आम्दानी पनि बढेको विश्वास गरियो । 


१३ पुस्तादेखि तेम्बाथान, दिपु, तेगाका स्थानीय जनै पूर्णिमाका दिन झाँक्रीसहित पुजा गर्न र वरदान माग्न स्यापल पोखरी पुग्ने गरेका छन् । धन माग्नेले धन, सन्तान माग्नेले सन्तान पाएको भन्दै स्यापल पोखरी महादेवप्रति स्थानीयको विश्वास बलियो छ । 

धार्मिक तथा सांस्कृतिक महत्व

स्याबल पोखरीमा प्रत्येक बर्ष जनै पूर्णिमाका दिन मेला लाग्छ । जनै पूर्णिमाभन्दा दुई दिनअघि नै  विधि विधानका साथ तेम्बाथानबाट झाँक्रीसहित जात्राका लागि प्रस्थान गर्छन् । करिब पाँच घण्टाको ठाडो उकालो चड्दै सुपखर्कको चौरी गोठमा पुग्छन् । त्यहाँ रातभर नाचगान गरेपछि भोलिपल्ट लगभग पाँच घण्टाको उकालो हिँडेपछि स्याबल खर्कको गोठमा बास बस्न पुग्छन् ।


भोलिपल्ट एक दिन थकाई मारेपछि स्थानीयवासी जात्राको तयारीमा जुट्छन् । पोखरी जाँदा फोहोर नगर्ने, जाँड रक्सी र सुर्ती नखाई प्रवेश गर्नेमा स्थानीय एकमत हुन्छन् । जात्रामा पहिलोपटक सहभागी हुनेले तीन स्थानको देउरालीमा माने स्याल्गर थाप्नुपर्छ ।

जात्रामा स्याल्गर लिएर गए सजिलो हुने र मागेको वरदान पाउने स्थानीयको विश्वास छ । स्याबलमा महादेबको मन्दिर छ । 

ऐतिहासिक तथा पौराणिक मान्यता

स्याबल पोखरी महादेवको मन्दिरमा पुजाआजा गरे धन, सुख, शान्ति र सन्तानप्राप्त हुने विश्वासले स्थानीयमाँझ लोकप्रिय छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि सडक पूर्वाधार अभावमा स्याबल पोखरी र मन्दिर चर्चामा छैन । स्थानीय युवाहरू अब यस धार्मिक र पर्यटकीय स्थलको प्रचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

यहाँबाट उच्च हिमाली भेगका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकाले युवाहरूको विशेष रुचिमा पर्ने गरेको छ । 

जुगल–३ का तेम्बाथान, दिपु, तेगालगायत गन्तव्य पनि प्रचारप्रसार अभावमा ओझेलमा छन् । यहाँका सत्य (बौलाह)पोखरी, न्याखर्क पोखरीमा फाट्टफुट्ट पर्यटक पुगे पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुन आवश्यक छ । तेम्बाथान, दिपु, तेगा विकटमा रहे पनि यहाँ पुगेपछि सबै खालका पीडा, दुःख बिर्साउँछ । 

प्रचुर पर्यटकीय सम्भावना

सिंगो जुगल गाउँपालिका प्रशस्त पर्यटीकय सम्भावना बोकेको गन्तब्य हो । यहाँको प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा साँस्कृतिक गतिविधिले पर्यटक तान्ने सम्भावना प्रचुर छ । तर यि पर्यटकीय उत्पादनलाई प्रचार प्रसार गर्न अवश्यक छ । 


गाउँपालिकामा रहेका प्राकृतिक पोखरी, सुन्दर चौर, भञ्ज्याङ, भीर र अग्ला पहाड, चरिरहेका चौरीहरूले वर्यटकलाई मन्त्रमुग्ध पार्नेछन् । 

कसरी पुग्ने ?

सदरमुकाम चौताराबाट पहिलो दिन बलेफी जलविरे, जुगलकै कात्तिके, पाङ्गारपुसम्म बसमा जान सकिन्छ । काठमाडौंबाट जानेहरू पाङ्गारपुसम्म बस वा अन्य सवारी साधनमा जान सक्छन् । 

पाङ्गार पुगेपछि पैदलयात्रामार्फत दोस्रो दिन बोल्दे, गुम्बा, ल्हाक्याप भीर, नेसम खोलाहँुदै तेम्बाथानमा बास बस्न सकिन्छ । तेम्बाथानसम्म बाटो र खानपिनका लागि राम्रै व्यवस्था छ । तर, तेस्रो दिन तेम्बाथानदेखि अगाडि जंगलको बाटो भएकाले केही असहज हुनसक्छ । ठाउँठाउँमा गोठ तथा छाप्राहरू भेटिन्छन् । तेम्बाथानबाट सुपखर्क, देउराली हुँदै यि पोखरीमा पुग्न सकिन्छ ।

यहाँ स्याबल पोखरी मात्रै नभएर स्याबल पोखरीबाट एक घण्टा पैदलयात्रा पश्चात ४६ सय मिटर उचाईमा रहेको रहस्यमय सत्य (बौलाह) पोखरी, न्याखर्क (लामो) पोखरी पुग्न सकिन्छ । न्याखर्क, सत्य पोखरीमा पनि मनोकांक्षा पूरा हुने स्थानीय बताउँछन् ।

रहस्यम सत्य पोखरीको 

४२ सय मिटर उचाइमा रहेको स्यापल पोखरीबाट एक घण्टा उकालो र ओरालो हिँडेपछि सत्य पोखरी पुगिन्छ । स्थानीयले यो पोखरीलाई बौलाहा पोखरी समेत भन्छन् ।

मान्छेको आवाज सुन्नासाथबीचबाट पानीको फोका उम्लने र अचानक हुस्सु, कुहिरोले छोप्ने भएकाले यसलाई स्थानीयले रहस्यम र बौलाहा पोखरी भन्ने गरेका छन् ।


पोखरीले देखाउन चमत्कारले अझै पनि सत्य र देवताको अस्तित्व रहेको पुष्टि हुने स्थानीय भिमसेन कार्कीको बुझाइ छ । जुगल–३ का अध्यक्ष लक्ष्मण दोङ सबैको समन्वयमा पोखरीमा देखिने रहस्यबारे अध्ययन गर्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला