माघ ४, काठमाडौँ | पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ ।

प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन्।

‘भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला र चार बालबालिका रहेको पनि प्रवक्ताले उल्लेक गरेका छन् ।

पहिलो भूकम्पको दुई घण्टापछि उक्त क्षेत्रमा ४.९ म्याग्निच्युडको दोस्रो भूकम्प गएको सञ्चारमाध्यमले जनाएका छन् ।

आपतकालीन मामिलाका लागि राज्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले मृत्युको संख्या पुष्टि गर्दै ७,००० भन्दा बढी घरमा क्षति पुगेको पनि बताएका छन् ।

भूकम्पले प्रान्तको मुकर जिल्लाका बासिन्दालाई पनि क्षति पुर्याएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

Related News