माघ ४, विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताउनुभएको छ ।

उहाँले कत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताउनुभएको छ ।

उहाँले कत"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

‘सरकारी विद्यालय सुधारिएको छ’

माघ ४, विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताउनुभएको छ ।

उहाँले कतिपय विद्यालयका पूर्वाधार जीर्ण भई शिक्षाको क्षेत्रमा नराम्रो प्रभाव परेको थियो, त्यस्ता विद्यालयलाई आफू नगरप्रमुख भइसकेपछि सुधार गरी अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएकामा खुशी व्यक्त गर्नुभयो । सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले नगर क्षेत्रमा अहिलेसम्म १५० किमी बाटोमा कालोपत्र भइसकेको छ भने प्रायः सबै वडा कार्यालयको भवन निर्माण गरी नगरपालिकाले वितरण गर्ने सेवामा लाभग्राहीलाई सहज भएको बताउनुभयो ।

विराटनगर क्षेत्रमा रहेका वीरेन्द्र सभागृहलाई अत्याधुनिक बनाउन सुरु गरिएको काममा ७० प्रतिशत प्रगति भएको बताउँदै नगरप्रमुख पराजुलीले विराटनगरको महेन्द्र चोकबाट पूर्वको बाटो र विमानस्थलमार्गलाई पनि इभिनिङ स्ट्रिट बनाई त्यसक्षेत्रका होटल, पसल एवं रेस्टुरेन्ट रातभरि सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

धेरै जना प्रधानमन्त्री भएको इतिहास बोकेको विराटनगरमा निकट भविष्यमै प्रधानमन्त्री उद्यान बनाउने, बजरङ्गी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने, पुरानो गुद्री बजारमा अत्याधुनिक व्यापारिक भवन बनाउने योजना अघि बढिसकेको जानकारी दिँदै उहाँले विराटनगर क्षेत्रमा फोहरको समस्या हुन नदिन र आम नागरिकलाई सुशासनको अनुभूति दिलाउने किसिमका काममा जोड दिएको बतानुभया ।

‘धार्मिक महत्व बोकेको विराट राजाको दरवारलाई व्यवस्थित एवं धार्मिक पर्यटकीयस्थल निर्माण गर्न प्रदेश र सङ्घीय सरकारको साथ र सहयोगबाट निर्माण गर्ने योजना अघि बढेको छ’ भन्दै प्रमुख पराजुलीले राजवंशी चोकलाई सौन्दर्यकरण गरिने र घोगाको बाटोलाई सेफजोन बनाइ विकासका योजना अघि सारेको जानकारी दिनुभयो । उहाँले रु २० लाखको योजना वडास्तरबाटै निर्माण सुरु गराउने अधिकार दिइसकेको भन्दै निकट भविष्यमै जापानी जाइका नामक संस्थाले विराटनगरमा बृहत् खानेपानीको योजना सुरु गर्ने बताउनुभयो ।

उहाँले जनप्रनिधि भएपछि हरेक पल र समय जनताकै निम्ति खर्च गरिरहेको भन्दै विराटनगरमा एक व्यवस्थित बधशाला पनि निर्माण हुने र यसबाट उपभोक्तालाई स्वस्थ्यकर मासु खान सहज हुने बताउनुभयो । प्रमुख पराजुलीले विराटनगरको विकासका निम्ति भएका कमी–कमजोरीलाई सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै आफ्नो कम समय भए पनि अत्यधिक समय नगरको विकासमै केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक