माघ ४, रसुवा | प्रेस युनियन रसुवाले यहाँका जनप्रतिनिधिलाई सम्मान गरेको छ । पहिलोपटक केन्द्रीय सदस्य पदमा विजयी हुन सफल सांसद ई मोहन आचार्यका साथै बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीलाई सोमबार धुञ्चेमा एक कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, रसुवा | प्रेस युनियन रसुवाले यहाँका जनप्रतिनिधिलाई सम्मान गरेको छ । पहिलोपटक केन्द्रीय सदस्य पदमा विजयी हुन सफल सांसद ई मोहन आचार्यका साथै बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीलाई सोमबार धुञ्चेमा एक कार्"/>
2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

जनप्रतिनिधि सम्मानित

माघ ४, रसुवा | प्रेस युनियन रसुवाले यहाँका जनप्रतिनिधिलाई सम्मान गरेको छ । पहिलोपटक केन्द्रीय सदस्य पदमा विजयी हुन सफल सांसद ई मोहन आचार्यका साथै बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीलाई सोमबार धुञ्चेमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा पार्टी केन्द्रीय सदस्य आचार्यका साथै बागमती प्रदेशको ‘क’ र ‘ख’ बाट सभापति पदमा चयन हुनुभएका श्यामकुमार गुरूङ तथा बुचुङ तामाङ, बागमती प्रदेशको पार्टी सदस्य पदमा प्रतिनिधित्व गर्ने त्रयो लामाकार्पु तामाङ, उपेन्द्र लम्साल एवं महिलातर्फ शेषकुमारी अधिकारी रहनुभएको छ ।

यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाको हालै सम्पन्न अधिवेशनबाट जिल्ला सभापति पदमा निर्वाचित पेम्वाछिरिङ तामाङ, उपसभापतिद्वय ओमप्रसाद आचार्य तथा फुर्पुवाङ्दी तामाङ, सचिवद्वय लक्ष्मण देवकोटा र उत्तम थापा, सहसचिवद्वय लछिन तितुङ एवं पासाङ तामाङलाई समेत सम्मान गरिएको छ । सोही कार्यक्रमअन्तर्गत रेडियो रसुवाले पनि पार्टी पदाधिकारीलाई सम्मान गरेको थियो ।

देशको चौथो अङ्गका रूपमा रहेको पत्रकार जगत्ले गरेको सम्मानबाट जनप्रतिनिधि प्रफुल्लित देखिएको सहभागीले बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य आचार्यले पत्रकार जगत्बाट भएको सम्मान कार्यक्रम अविस्मरणीय भएको बताउँदै आफ्नो इमान धर्मलाई आत्मसात् गर्दै पत्रकारबाट निष्पक्षरूपमा सही र सत्य समाचार निरन्तर प्रवाह हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई