खेलकुद |


१९औँ एसियाली खेलकुद: २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

Posted on September 26, 2023 | views : 507 |

असोज ९, हाङझाउ | १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोम

Read More

क्रिकेटर सन्दीप लामिछाने आज चीन जाँदै

Posted on September 26, 2023 | views : 429 |

असोज ९, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने आज १९औँ एसियन गेम्सका लागि चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् । अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज १२ :३० बजे चीनतर्फ प्रस्थान गर्ने भएका हुन् । उनले आफू मानसिक रूपमा कमजोर बनेको

Read More

नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा, मालदिभ्स ४-१ गोलले पराजित

Posted on September 25, 2023 | views : 649 |

असोज ८, काठमाडौँ | पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो । खेलमा २-० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल ग

Read More

माल्दिभ्सविरुद्ध नेपालको २-० ले अग्रता

Posted on September 25, 2023 | views : 493 |

असोज ८, काठमाडौँ | साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे । यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे । नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।

Read More

एसियन गेम्स खेल्न सन्दीप निरुत्साहित, क्यान अध्यक्षले भेटेर दिए ढाडस

Posted on September 25, 2023 | views : 532 |

असोज ८, काठमाडौँ | अदालतले मुद्दाको किनारा लगाउन ढिलाइ गर्दा सन्दीप लामिछानेको क्रिकेट करिअर गम्भीर रूपमा प्रभावित बन्न थालेको छ ।  जिल्ला अदालतमा विचाराधीन मुद्दामा फैसला पेसी नै १७ पटक सरिसकेको छ । पछिल्लो दुईवटा पेसी ‘न्यायाधीश अभाव’ का कारण देखाउँदै स्थगित भए । एकपछि अर्को पेसी स्थगित

Read More

निर्णायक खेलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै नेपाल, जित्नैपर्ने दबाब

Posted on September 25, 2023 | views : 381 |

असोज ८, काठमाडौँ | साफ यू-१९ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले सोमबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशालामा दिउँसो साढे १ बजे सुरू हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा रहेको छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको हार ब्यहोरेको थियो

Read More

एसियाली खेलकुद : क्रिकेटर ललितको स्थानमा सागरले खेल्ने

Posted on September 24, 2023 | views : 396 |

असोज ७, हाङचउ | १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टिमका सदस्य ललितनारायण राजवंशी घाइते भएपछि उनको स्थानमा सागर ढकालले खेल्न पाउने निश्चित भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले उनको नाम आइतबार स्वीकृत गरेको हो । नेपाली क्रिकेट टिम सोमबार चीन आइपुग्ने कार्यक्रम रहेको छ । नेपालल

Read More

मुद्दाको सुनुवाइ स्थगन भएपछि भोली सोमबार चीन जाँदै सन्दीप

Posted on September 24, 2023 | views : 577 |

असोज ७, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १९औं एसियन गेम्सका लागि सोमबार चीन जाने भएका छन्।  एसियाडका लागि सन्दीपबिनै नेपाली टोली आज हाङजाओ प्रस्थान गरेको छ। नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्। तर काठमाडौ

Read More

भारतले खेलाडीलाई भिसामा दिन ढिलो गरेपछि पाकिस्तानले गुहार्‍यो आईसीसी

Posted on September 24, 2023 | views : 443 |

एजेन्सी | आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण भारतमा आयोजना हुँदैछ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मिति नजिकिँदै गए पनि भारतले आफ्ना खेलाडी र खेल पदाधिकारीलाई भिसा (प्रवेशाज्ञा) दिन ढिलो गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्

Read More

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप अनुपस्थित

Posted on September 24, 2023 | views : 296 |

असोज ७, काठमाडौँ | १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्त

Read More

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि पनि स्थगित

Posted on September 24, 2023 | views : 284 |

असोज ७, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ फेरि पनि स्थगित भएको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो ।  ४३ न्यायाधीशको दरबन्दी स्वीकृत भई ३५ न्यायाधीशको कोटा रहेको काठमाडौं जिल्ला अ

Read More

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

Posted on September 24, 2023 | views : 324 |

असोज ७, काठमाडौँ | नेपाली लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै छ ।  जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो ।  यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको

Read More

क्रिकेट संघ (क्यान)को सचिवमा पूर्वकप्तान पारस खड्का विजयी

Posted on September 23, 2023 | views : 474 |

असोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन्।  शनिबार भएको क्यानको चुनावमा पारस विजयी भएका हुन्। उनले प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन्।  कुल ८५ मत खसेको थियो। जसमध्ये ७५ मत गणना भइसक्दा पारसले ४३ मत र प्रशान्तव

Read More

क्रिकेट संघको मतगणना: ५० मत गन्दासम्म पारसलाई २९ मत, प्रशान्तविक्रमलाई २१

Posted on September 23, 2023 | views : 437 |

असोज ६, काठमाडौँ |  नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन अन्तर्गत मतगणना जारी छ। मतगणनाको प्रारम्भिक नतिजामा सचिव पदमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा टक्कर देखिएको छ। कुल ८५ मत खसेकोमा ५० मत गनेर सकिँदा पारसले २९ मत पाएका छन्। प्रशान्तविक्रमको पक्षमा २१ मत खसेको छ। पदाधिकारीमध्ये अध्यक

Read More

क्रिकेट संघको मतगणना: प्रशान्तविक्रममाथि पारसले लिए अग्रता

Posted on September 23, 2023 | views : 508 |

असोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । एक सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो । सचिवको मतगणनामा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ । २५ मत गनिसक्दा पारसले झिनो अग्रता लिएका छन् । उनले १३ मत ल्याउँदा

Read More

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा पुनः चन्द निर्विरोध निर्वाचित

Posted on September 23, 2023 | views : 328 |

असोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।  चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् । बर्दिया क्रिकेट संघका अध्यक्ष विनय राजभण्डारीले

Read More

अल–नासरको जीतमा रोनाल्डोको दुई गोल

Posted on September 23, 2023 | views : 419 |

असोज ६, काठमाडौँ | स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा अल–नासरले अल–अहली साउदीलाई साउदी प्रो लिग अन्तरगतको खेलमा ४–३ गोलको अन्तरले पराजित गरेको छ । अल–नासरको जीतमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले दुई–दुई गोल गरेका हुन् । खेलको ४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल–नासरलाई अग्रता

Read More

क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

Posted on September 23, 2023 | views : 329 |

असोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । हिजो नै साधारण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउने तयारी गरेको हो । जसका लागि निर्वाचन

Read More

श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

Posted on September 22, 2023 | views : 479 |

असोज ५, काठमाडौँ | श्रीलंकामा आगामी जनवरी १३ देखि हुने १५ औं आइसिसी यू-१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार  नेपाल  पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसहित समूह डीमा परेको छ। नेपालले प

Read More

पाकिस्तानको विश्वकप खेल्ने टिमबाट नसिम साह बाहिर, को-को समेटिए ?

Posted on September 22, 2023 | views : 399 |

असोज ५, काठमाडौँ | पाकिस्तानले अर्को महिना हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । युवा स्टार बलर नसिम साह विश्वकप टोलीमा छुटेका छन् । साहले चोटका कारण आफ्नो सम्भावित पहिलो विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा हसन अलिलाई टिममा समावेश गरिएको छ । पछिल्लो समय पाक

Read More

क्यान निर्वाचन- अध्यक्षमा चतुरसँग भिड्दै बर्दियाका विनय राजभण्डारी

Posted on September 22, 2023 | views : 451 |

 असोज ५, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को भावि अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध नहुने निश्चित भएको छ । चुनावको पूर्वसन्ध्यामा बर्दियाका विनय राजभण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आज उद्घाटन र ब

Read More

आइसिसी टी–२० विश्वकप क्रिकेट एसियन छनोट: नेपाल र युएई फरक समूहमा

Posted on September 22, 2023 | views : 305 |

असोज ५, काठमाडौँ | आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटमा नेपाल र युएई फरक समूहमा परेका छन्। प्रतियोगिता कीर्तिपुरको टियू मैदानमा १३ देखि २० कात्तिकसम्म हुनेछ। आयोजक नेपालले टियू र मूलपानी मैदानमा खेल खेलाउनेछ। नेपाल समूह ‘ए’ र युएई समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो समूहमा सि

Read More

बंगलादेशलाई हराउँदै साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

Posted on September 21, 2023 | views : 358 |

असोज ४, काठमाडौँ | यू–१९ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशलाई ३–० ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । खेलको पहिलो मिनेटमै नाओबा मियतीको हेडर पासमा पोष्ट अगाडिबाटै गोगोमसार ग्यारीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरीसमयमा नाओबा मियतीले गोल गर्दै भारतलाई

Read More

साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

Posted on September 21, 2023 | views : 464 |

असोज ४, काठमाडौँ | साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै छ। दशरथ रंगशालामा बेलुका साढे ५ बजे सुरु हुने खेलमा नेपाल विजयी सुरुवात गर्ने प्रयाशमा रहने छ। नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्ने छ। ६ टोली सहभागी प्रतियोगिता

Read More