मङ्सिर ३, काठमाडौँ | एकदिवशीय विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध भिडिरहेको भारतले पाँचौँ विकेट गुमाएको छ ।
भारतले ३६ ओभरमा ५ विकेट गुमाएर एक सय ७८ रन जोडेको छ । पाँचौँ विकेटका रूपमा रवीन्द्र जडेजा ९ रन बनाएर आउट भए । केएल राहुल ५५ रनमा खेल्दैछन् ।
विराट कोहली ५४ र रोहित शर्माले ४७ रन जोडे भने सुभमन गिल र श्रेयस अय्यरले समान ४ रन बनाए ।
८१ रनमा तीन विकेट गुमाएको अवस्थामा कोहलीले केएल राहुलसँग ६७ रनको साझेदारी गरेका थिए।