३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यस्तो छ ‘क्रिकेट विश्वकप टिम अफ दि टुर्नामेन्ट’

४ मंसिर २०८०, सोमबार ०७:५८

मङ्सिर ४, काठमाडौँ | आइसिसीले सार्वजनिक गरेको क्रिकेट विश्वकप २०२३ को ‘टिम अफ दि टुर्नामेन्ट’ मा उपविजेता भारतका ६ खेलाडी परेका छन्।

यस्तै टिममा उपाधि विजेता अस्ट्रेलियाका दुई खेलाडी परेका छन्। दक्षिण अफ्रिका, श्रीलंका र न्युजिल्यान्डका एक एक खेलाडी टिममा छन्।

१. क्विन्टन डी कक (दक्षिण अफ्रिका) (विकेटकिपर)

दक्षिण अफ्रिकाका ओपनर डी कक समूह चरणमा उत्कृष्ट फर्ममा रहे। उनले मुम्बईको वानखेडे रंगशालामा बंगलादेशविरुद्ध १७४ रनको उत्कृष्ट इनिङसहित चार शतक बनाए। डी ककले प्रतियोगिताभर १०७.०२ को स्ट्राइक रेटमा कुल ५९४ रन बनाए। विश्वकपमा उनीभन्दा बढि भारतका रोहित शर्मा र विराट कोहलीले रन बनाए।

२. रोहित शर्मा (भारत) (कप्तान)

भारतका कप्तान तथा ओपनर रोहितले उत्कृष्ट ओपनिङ गर्न सफल भए। सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीमा विराट कोहलीपछि दोस्रो स्थानमा रहेका उनले ५९७ रन बनाए। उनको स्ट्राइक रेट १२५.९४ रह्यो। 

३. विराट कोहली (भारत)

विराट कोहलीले  विश्वकप २०२३ मा सर्वाधिक रन बनाए। उनले ७६५ रन बनाउँदै एकै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए। यसअघि सचिन तेन्दुलकरले २००३ मा ६७३ रन बनाएका थिए।  ११ इनिङमध्ये दुई पटक मात्र कोहलीले कम्तिमा अर्धशतक बनाउन सकेनन्। उनले प्रतियोगितामा तीन शतक प्रहार गर्दै एकदिवसीय खेलमा ५० शतकको विश्वकीर्तिमान बनाउँदै सचिनलाई पछि पारे। 


४. ड्यारल मिचेल (न्युजिल्याण्ड)

न्युजिल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउन मिचेलले उत्कृष्ट खेले। उनले ९ खेलमा ५५२ रन बनाउँदा ६९ को औषत रह्यो भने स्ट्राइक रेट १११.०६ थियो। भारतविरुद्ध सेमिफाइनलमा पराजित भए पनि उनले १३४ रनको शतकीय पारी खेलेका थिए। 

५. केएल राहुल (भारत)

केएल राहुलले १० खेलमा ४५२ रन जोडे। जसका कारण समूह चरणमा भारतको मध्यक्रम राम्रो भएको थियो। राहुलले मुख्यतया मध्य ओभरमा प्रभावशाली ब्यटिङ गरे। बेङ्गलुरुमा नेदरल्यान्ड्सविरुद्ध १०२ रन  र समूह चरणमा अस्ट्रेलियाविरुद्ध नटआउट ९७ रन जोड्नु उनको उत्कृष्ट ब्याटिङ रह्यो।

६. ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)

म्याक्सवेलले बल र ब्याट दुवैमा उत्कृष्ट खेले। नेदरल्यान्ड्सविरुद्ध उनको शतक (४० बलमा) पुरुष क्रिकेट विश्वकपको सबैभन्दा छिटो शतक थियो। अफगानिस्तानविरुद्ध उनको ब्याटिङ अझ असाधारण थियो। २९२ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको अस्ट्रेलिया ९१/७ को स्थितिमा थियो। त्यतिबेला उनले १२८ बलमा नटआउट २०१ रन जोडेर अस्ट्रेलियालाई जित दिलाए।

७. रविन्द्र जडेजा (भारत)

मध्य ओभरमा मुख्य विकेट लिएर भारतका स्पिन-बलिङ अलराउन्डर जडेजाले आफ्नो टोलीको लागि महत्त्वपूर्ण भूमिका खेले। उनले सातौं नम्बरमा  ब्याटिङ गर्दै पनि महत्त्वपूर्ण योगदान दिए। १६ विकेट लिएका उनले ५ इनिङमा ब्याटिङ गर्दा १२० रन बनाए।

८. जसप्रित बुमराह (भारत)

बुमराहले भारतलाई समूह चरणमा अपराजित राख्न उत्कृष्ट बलिङ गरे। विपक्षी ब्याटरलाई सधैं खतरा बनेका बुमराहले प्रतियोगितामा २० विकेट लिए। उनको इकोनोमी ४.०६ रह्यो, जुन मुख्य बलरको उत्कृष्ट हो। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा रहे।

९. दिलशान मदुशंका (श्रीलंका)

श्रीलंकाका बायाँ हाते तीव्र गितका खेलाडी दिलशान मदुशंकाले प्रतियोगिताभर २१ विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा रहे। भारत विरुद्ध ५ विकेट लिनुको उनको उत्कृष्ट प्रदर्शन रह्यो।  

१०. एडम जाम्पा (अस्ट्रेलिया)

अस्ट्रेलियाका प्रमुख विकेट लिने बलर बनेका एडम जाम्पाले एउटै क्रिकेट विश्वकपमा स्पिनरद्वारा सर्वाधिक विकेट लिने मुथैया मुरलीधरनको कीर्तिमानसँग बराबरी गरे। उनले २३ विकेट लिन सफल भए। उनले नेदरल्याण्ड्सविरुद्ध ४ विकेट लिँदा ८ रन मात्र खर्चिए। जससँगै उनले लिग चरणमा लगातार तीन खेलमा चार विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भारतका मोहमद शामीपछि दोस्रो स्थानमा रहे। 

११. मोहमद शामी (भारत)

शामी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहे। उनले प्रतियोगिताका ७ खेलमा २४ विकेट लिए। यद्यपी उनले सुरुवाती खेलमा भारतीय टोलीमा स्थान पाएनन्। उनले न्युजिल्यान्डविरूद्धको सेमिफाइनलमा ७ विकेट लिन सफल भए।

१२. गेराल्ड कोएट्जी (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका लागि एनरिच नोर्कियाको अनुपस्थिति युवा खेलाडी गेराल्डले पूरा गरे। उनले आठ खेलमा २० विकेट लिए। २३ वर्षीय गेराल्डले १९.८० को औसत र ६.२३ को इकोनोमीमा बलिङ गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन