२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

घरेलु क्रिकेटमा फर्कंदै सन्दीप

२०८०, १ मंसिर शुक्रबार ०८:४४

मङ्सिर १, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने घरेलु क्रिकेटमा फर्कंदै छन्। पोखरामा ६–१६ मंसिरसम्म हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै छन्। पछिल्लो दुई वर्षमा उनले दुईपटक मात्र घरेलु क्रिकेटमा सहभागिता जनाए । यसै वर्ष काठमाडौंमा आयोजना भएको मेयर्स कप ११ मा उनले भाग लिएका थिए । सन् २०२१ मा उनले एभरेस्ट प्रिमियर लिग खेलेका थिए। अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा व्यस्त रहँदा उनले घरेलु क्रिकेटलाई खासै समय दिन भ्याएनन्। 


मदन भण्डारी स्पोट्र्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा हुने केपी ओली कप पोखराको रंगशालामा हुनेछ। बागमती प्रदेशले बिहीबार क्लोज क्याम्पका लागि खेलाडी छानिँदा सन्दीप पनि समावेश भएका छन्। बागमतीमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका सन्दीपसँगै प्रतिश जिसी रहेका छन्। यसैगरी सूर्य तामाङ पनि रहेका छन्। नेपालको उमेर समूहमा प्रतिनिधित्व गरेका रित गौतम पनि बागमती प्रदेशबाटै खेल्ने भएका छन्। 

बागमतीले प्रारम्भिक खेलाडी छनोट गर्दा अशोक पौडेल, आशुतोष गिरिया, विवेक रानामगर, विपिन आचार्य, दीपेश श्रेष्ठ, दुर्गेश थापा, गौरभ खड्का, गौतम केसी र इशान पाण्डे रहेका छन्। यसैगरी क्रिजन गुरुङ, प्रतीक श्रेष्ठ, रामनरेश गिरी, रिजन ढकाल, रित गौतम, रोशक विक, सचिन लाखे, सोनु देवकोटा र सुवास खत्री छन्। बागमतीले सुमन सुनार, तिलक भण्डारी, उत्तम रानामगर तथा योगेश क्षेत्रीलाई पनि समावेश गरेको छ। 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको एक गरी ११ टोलीले प्रतियोगितामा भाग लिनेछन्। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी, म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ जित्नेछन्। उत्कृष्ट बलरले २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ हात पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी