४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

घरेलु क्रिकेटमा फर्कंदै सन्दीप

१ मंसिर २०८०, शुक्रबार ०८:४४

मङ्सिर १, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने घरेलु क्रिकेटमा फर्कंदै छन्। पोखरामा ६–१६ मंसिरसम्म हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै छन्। पछिल्लो दुई वर्षमा उनले दुईपटक मात्र घरेलु क्रिकेटमा सहभागिता जनाए । यसै वर्ष काठमाडौंमा आयोजना भएको मेयर्स कप ११ मा उनले भाग लिएका थिए । सन् २०२१ मा उनले एभरेस्ट प्रिमियर लिग खेलेका थिए। अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा व्यस्त रहँदा उनले घरेलु क्रिकेटलाई खासै समय दिन भ्याएनन्। 


मदन भण्डारी स्पोट्र्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा हुने केपी ओली कप पोखराको रंगशालामा हुनेछ। बागमती प्रदेशले बिहीबार क्लोज क्याम्पका लागि खेलाडी छानिँदा सन्दीप पनि समावेश भएका छन्। बागमतीमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका सन्दीपसँगै प्रतिश जिसी रहेका छन्। यसैगरी सूर्य तामाङ पनि रहेका छन्। नेपालको उमेर समूहमा प्रतिनिधित्व गरेका रित गौतम पनि बागमती प्रदेशबाटै खेल्ने भएका छन्। 

बागमतीले प्रारम्भिक खेलाडी छनोट गर्दा अशोक पौडेल, आशुतोष गिरिया, विवेक रानामगर, विपिन आचार्य, दीपेश श्रेष्ठ, दुर्गेश थापा, गौरभ खड्का, गौतम केसी र इशान पाण्डे रहेका छन्। यसैगरी क्रिजन गुरुङ, प्रतीक श्रेष्ठ, रामनरेश गिरी, रिजन ढकाल, रित गौतम, रोशक विक, सचिन लाखे, सोनु देवकोटा र सुवास खत्री छन्। बागमतीले सुमन सुनार, तिलक भण्डारी, उत्तम रानामगर तथा योगेश क्षेत्रीलाई पनि समावेश गरेको छ। 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको एक गरी ११ टोलीले प्रतियोगितामा भाग लिनेछन्। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी, म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ जित्नेछन्। उत्कृष्ट बलरले २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ हात पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’