२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिब्राल्टरविरुद्ध फ्रान्सको १४-० गोलको कीर्तिमानी जित

२०८०, ३ मंसिर आईतवार ०३:४६

मङ्सिर ३, काठमाडौं | युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी जित हासिल गरेको छ ।

समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे । यस्तै जिब्राल्टरका खेलाडीले एक आत्मघाती गोल पनि गरे । फ्रान्सले दुवै हाफमा ७-७ गोल गरेको थियो ।


खेलको तेस्रो मिनेटमै एथान सान्तोसले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लियो । लगत्तै चौथो मिनेटमा मार्कुस थुरामले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । वारेन जयर एमेरीले १६औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे ।

१८औं मिनेटमा सान्तोसले रातो कार्ड पाएपछि जिब्राल्टर दश खेलाडीमा समेटियो । त्यसको फाइदा फ्रान्सले उठायो र ११ गोल थप्यो ।

केलिएन एमबाप्पेले ३०औं, ७४औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । जोनाथन क्लसले ३४औं, किंग्सले कोमनले ३६औं र ६५औं, युसुफ फोफानाले ३७औं, एड्रिएन राबिओटले ६३औं, उसमान डेम्बेलेल ७३औं तथा ओलिभर जिरुडले ८९औं मिनेट र इन्जुरी टाइममा गोल गरे ।


फ्रान्सका वारेन जएर इमेरी फ्रान्सका लागि खेल्नै सबै भन्दा युवा खेलाडी बने । उनले १७ वर्ष ८ महिना ११ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाए ।

यसअघि नै अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्सले समूह बी मा ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमै कायम छ । लगातार ७ खेल हारेको जिब्राल्टर अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता