२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित

२०८०, १ मंसिर शुक्रबार ०४:०६

मङ्सिर १, काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो ।

छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा पनि ब्रेक लागेको छ ।


अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको खेलमा उरुग्वेलाई जित दिलाउन रोनाल्ड अराउजोले ४१औं र डार्विन नुनेजले ८७औं मिनेटमा गोल गरे ।

हारका बाबजुत पनि ५ खेलबाट १२ अंक रहेको अर्जेन्टिना अंक तालिकामा शीर्ष स्थानमा कायम छ । यस्तै तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै अर्को खेलमा लुइस डियाजले दुई गोल गरेपछि कोलम्बियाले ब्राजिलविरुद्ध २-१ को पुनरागमन जित निकालेको छ ।

गाब्रिएल मार्टिनेलीले चौथो मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन सकेन । कोलम्बियाले अन्तिम १५ मिनेटभित्र दुई गोल गर्दै खेल जित्यो ।

लुइस डियाजले ७५औं मिनेटमा कोलम्बियाका लागप बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै कोलम्बियाले खेल जितेको हो ।

जितपछि कोलम्बिया ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । छनोटमा कोलम्बिया अपराजित छ । पराजित ब्राजिलको ५ खेलबाट ७ अंक छ र पाँचौ स्थानमा झरेको छ ।

छनोटकै अन्य खेलमा बोलिभियाले पेरुलाई २-० ले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् ।

बराबरीपछि भेनेजुएला ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

समान ५ अंक रहेको इक्वेडर, पाराग्वे र चिली क्रमश: छैटौं, सातौं र आठौं स्थानमा छ । पहिलो जित निकालेको बोलिया ३ अंक जोडेर नवौँ स्थानमा छ भने जितिविहन पेरु १ अंकसहित दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता