अर्थ/विकास | काठमाडौँ - KTM


सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँ घट्यो

Posted on September 23, 2021 | views : 1226 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ । नेपालमा हिजोको तुलनामा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

Read More

अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

Posted on September 23, 2021 | views : 763 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ (रासस)। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहज

Read More

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

Posted on September 22, 2021 | views : 1050 | काठमाडौँ - KTM

असोज ६, काठमाडौं। सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि २५ रुपैयाँले बढ

Read More

मासु पसललाई गुणस्तरमा ध्यान दिन आग्रह

Posted on September 22, 2021 | views : 753 | काठमाडौँ - KTM

असोज ६,  काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ। मंगलबार काठमाडौं उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो। छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य

Read More

साहस उर्जाको आइपीओ बिक्री खुला

Posted on September 22, 2021 | views : 867 | काठमाडौँ - KTM

असोज ६, काठमाडौं। साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्कासन गरेको हो। जसमध्ये ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्

Read More

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

Posted on September 22, 2021 | views : 1022 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ (रासस) । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महान

Read More

नेप्सेमा दोहोरो अंकको सुधार

Posted on September 21, 2021 | views : 920 | काठमाडौँ - KTM

न्युज कारखाना  । ५ असोज, काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार सात सय १२ दशमलव ०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक बढे पनि अन्

Read More

मैलुङ खोला आईपीओ नेप्सेमा सूचीकृत

Posted on September 21, 2021 | views : 941 | काठमाडौँ - KTM

न्युज कारखाना । ५ असोज, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत शेयर बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थ तीन गु

Read More

विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण

Posted on September 21, 2021 | views : 913 | काठमाडौँ - KTM

असोज ५, काठमाडौं (रासस)। विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस

Read More

गैरकानुनी आयलाई छुट दिइँदैन : अर्थ मन्त्रालय

Posted on September 21, 2021 | views : 774 | काठमाडौँ - KTM

असोज ५, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा कुनै पनि प्रकारको छुट नहुने स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ गत थप गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना र उद्योगमा २०८०

Read More

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८.५ प्रतिशत नगद लाभांश दिने

Posted on September 21, 2021 | views : 1434 | काठमाडौँ - KTM

असोज ५, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद ला

Read More

मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु

Posted on September 20, 2021 | views : 982 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे/ देवराज सुवेदी । असोज ४, काठमाडौँ (रासस)। असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा

Read More

देशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी

Posted on September 20, 2021 | views : 1153 | काठमाडौँ - KTM

रमेश लम्साल । असोज ४, काठमाडौँ (रासस)। नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना  शीघ्र निर्माण गर्न थालिएको हो । विद्युत् खपत बढाउन योजनाबद्धरुपम

Read More

विनियोजन विधेयक, २०७८ पारित

Posted on September 20, 2021 | views : 839 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ (रासस) । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामु

Read More

उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी

Posted on September 20, 2021 | views : 1563 | काठमाडौँ - KTM

असोज ४, पोखरा (रासस)। कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष क

Read More

सोमबार कति मुल्यमा हुँदैछ सुनको कारोबार ?

Posted on September 20, 2021 | views : 1298 | काठमाडौँ - KTM

असोज ४, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।  यस्तै चाँदीको मूल्य समेत

Read More

आजदेखि दसैँ-तिहारका लागि नयाँ नोट वितरण सुरु

Posted on September 20, 2021 | views : 1138 | काठमाडौँ - KTM

असोज ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोके

Read More

भोलीदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट पाइन्छ ?

Posted on September 19, 2021 | views : 1405 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।  दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनु

Read More

आयकर ऐनमा विवादास्पद संशोधन: अवैध सम्पत्तिलाई वैध बनाउन चलखेल

Posted on September 19, 2021 | views : 1658 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राख

Read More

घट्यो सुनको मूल्य

Posted on September 16, 2021 | views : 1389 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ । बिहिबार (आज) सुनको मूल्य सातसयले घटेको छ । बिहीबार सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार फेरि सातसयले घटे

Read More

नेपाली सेनामा प्राविधिक तर्फका लागि ४६४ जनालाई रोजगारी अवसर

Posted on September 16, 2021 | views : 1996 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ । नेपाली सेनाले ४६४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न तहमा ४६४ जना कर्मचारी माग गरेको हो । जंगी अड्डाले रिक्त रहेका ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी पदमा खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदप

Read More

हिमालय एयरलाइन्सका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

Posted on September 16, 2021 | views : 1618 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ (रासस)। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बा

Read More

चालक अनुमतिपत्र आवेदन खुला अनिश्चित, सात लाखको हातमा लाइसेन्सको सट्टा चिट

Posted on September 15, 2021 | views : 3200 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे । भदौ ३०, काठमाडौँ (रासस)। गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थाल्नुभएका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उहाँ डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्नुहुन्थ्यो ।  विसं २०७६ चैतमा सरकारले जारी गरेको बन्दाबन

Read More

नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग

Posted on September 15, 2021 | views : 977 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ (रासस)। विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वंैकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी   दुई अलग  अतिरिक्त

Read More

दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

Posted on September 15, 2021 | views : 1021 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ (रासस)। स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप  परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम

Read More

पहिलो पटक भारतबाट वीरगञ्ज आइपुग्यो निजी कार्गो रेल

Posted on September 15, 2021 | views : 1416 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुग

Read More

बजेटविहीन देश: प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने

Posted on September 15, 2021 | views : 1344 | काठमाडौँ - KTM

न्युज कारखाना | भदौ ३०, काठमाडौं | मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुबधबार रातिबाट निष्क्रिय हुने भएपछि 'बजेट होलिडे'तर्फ देश अघि बढेको हो । प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक ४

Read More

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

Posted on September 15, 2021 | views : 993 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । त्यसैगरी आज तेजावी सुन ९० हजार ७ सय रुपैयाँ कायम भएको

Read More