समाज |


व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड सहित ४ जना पक्राउ

Posted on January 19, 2024 | views : 468 |

माघ ५, काठमाडौँ | राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा छापा मारेको छ । अग्रवालको घरबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँ सहित उनका सहयोगी रहेका चार जनालाई पक्राउ गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए। व्यापारी अग्रवालको घरमा राजस्व अन

Read More

विद्युत सर्ट भएर आगलागी हुँदा एक महिलाको मृत्यु

Posted on January 19, 2024 | views : 508 |

माघ ५, लमजुङ | लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्। बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रुप

Read More

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

Posted on January 19, 2024 | views : 297 |

माघ ५, काठमाडौँ | जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विप

Read More

दार्चुलामा बस दुर्घटना, १६ जना घाइते

Posted on January 19, 2024 | views : 410 |

माघ ५, धनगढी | दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने ख

Read More

गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको

Posted on January 19, 2024 | views : 339 |

माघ ५, इलाम | रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ  ।  उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेत

Read More

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

Posted on January 19, 2024 | views : 392 |

माघ ५, काठमाडौँ | वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो । ७७ बर्षका वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित ग

Read More

देशको यी प्रदेशमा वर्षाको सम्भावना

Posted on January 19, 2024 | views : 311 |

माघ ५, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। दिउँसो  कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम

Read More

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

Posted on January 18, 2024 | views : 528 |

माघ ४, काठमाडौँ | मानव बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्। धादिङ मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई बुधबार ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको हो। एक महिलालाई ब्रुनाइ पठाइदिन्

Read More

मर्मतपछि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज उड्यो

Posted on January 18, 2024 | views : 394 |

माघ ४, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ ।  गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्ला

Read More

पालिकाबाटै राहदानी वितरण सेवा सुरु

Posted on January 18, 2024 | views : 726 |

माघ ४, सिरहा | सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया-६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् । ‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्य

Read More

ईपीएस कोरिया शाखाले परीक्षाका लागि फारम भर्दा बढी गएको पैसा गर्यो फिर्ता

Posted on January 18, 2024 | views : 551 |

माघ ४, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि आवेदन फारम भर्दा बढी गएको पैसा फिर्ता गरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गरेको हो । ईपीएस मार्फत कोरियामा रोजगारीका लागि गत पुस २ देखि ६ र १६ गतेदेखि २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन फ

Read More

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय काले भन्ने व्यक्ति पक्राउ

Posted on January 18, 2024 | views : 433 |

माघ ४, मोरङ | मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो बलात्कार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती

Read More

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

Posted on January 18, 2024 | views : 375 |

माघ ४, सिमकोट | चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।  हृदयघातका कारण मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए

Read More

पञ्चपुरी घटना : छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा टिकापुरबाट पक्राउ

Posted on January 18, 2024 | views : 522 |

माघ ४, सुर्खेत | सुर्खेतको पञ्चपुरी नगरपालिका –६, कुवापानीका १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा ४५ बर्षीय नयाराम बुढा पक्राउ परेका छन् । प्रहरीले बिहीबार बिहान १० बजे उनलाई  टिकापुर–१,  लम्किपुर भन्ने ठाउँबाट पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोरा भरत बुढाको बन्चरो

Read More

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

Posted on January 18, 2024 | views : 376 |

माघ ४, ताप्लेजुङ | ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्र

Read More

एकैवर्षमा लोकसेवाको पाँच परीक्षामा उत्तीर्ण

Posted on January 18, 2024 | views : 460 |

माघ ४, रेसुङ्गा | गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।  उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, ल

Read More

१५ लाख रुपैयाँ घुस रकमसहित बनेपाका वडाध्यक्ष पक्राउ

Posted on January 18, 2024 | views : 399 |

माघ ४, काठमाडौं | १५ लाख घुससहित अख्तियारको टोलीले बनेपाका वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारि

Read More

मौसम : देशको पहाडी भूभागमा हल्का वर्षा र तराईमा हुस्सु

Posted on January 18, 2024 | views : 298 |

माघ ४, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। दिउँस

Read More

देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

Posted on January 17, 2024 | views : 265 |

माघ ३, काठमाडौं | देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय सागर चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध

Read More

पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख भेटी सङ्कलन

Posted on January 17, 2024 | views : 439 |

माघ ३, काठमाडौं | ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख रुपैयाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनु

Read More

सहकारी ठगी प्रकरण: जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

Posted on January 17, 2024 | views : 318 |

माघ ३, काठमाडौँ | सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रविलामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका ह

Read More

गौशाला २६ को तस्वीर भन्दै सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ, अन्यको पनि खोजी जारी

Posted on January 17, 2024 | views : 306 |

माघ ३, काठमाडौं | सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोले बताए | ब्यूरोका अनुसार, राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको क

Read More

काठमाडौंमा दुई युवा मृत अवस्थामा फेला

Posted on January 17, 2024 | views : 417 |

माघ ३, काठमाडौं | काठमाडौंको छुट्टाछुट्टै स्थानमा दुई युवा मृत अवस्थामा फेला परेको छ। काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा एक जना युवाको शव भेटिएको छ। मृत भेटिएका व्यक्ति सोही भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्

Read More

काठमाडौँमा नक्कली रक्सी उत्पादन गरी कालोबजारी गर्ने ९ जना पक्राउ

Posted on January 17, 2024 | views : 259 |

माघ ३, काठमाडौं | काठमाडौँमा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली रक्सी उत्पादन गरी कालोबजारी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरुले विभिन्न ब्रान्डका गुणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम

Read More