व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड सहित ४ जना पक्राउ

Posted on: 19 Jan, 2024

माघ ५, काठमाडौँ | राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा छापा मारेको छ । अग्रवालको घरबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँ सहित उनका सहयोगी रहेका चार जनालाई पक्राउ गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए।

व्यापारी अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको ढुंगानाले बताए। बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने आशंका रहेको उनको भनाइ छ।

पक्राउ परेका चारै जना विरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट म्याद लिने विभागको तयारी गरिरहेको महानिर्देशक ढुङ्गानाले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!