११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

४ जेष्ठ २०८१, शुक्रबार ०९:१०

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

१६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे ।  “न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।”

लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी  शासनको रक्षा गर्नुपर्ने बताए । 

नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको उल्लेख गर्र्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र लोकतन्त्र स्थापनाका निम्ति नेपाल बार एशोसियसनले खेलेको भूमिका स्मरणीय रहेको बताए । संविधानवादको रक्षा र यसको सुदृढीकरणका निम्ति बारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “संविधानको मूलभूत मर्म र मान्यताको रक्षाका निम्ति बारले महत्त्वपूर्ण भूमिका खेको छ ।”

संविधानवाद, लोकतन्त्र र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभिने बारेको साहस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका विधिको शासन, लोकतन्त्र, मानवअधिकार प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरणका लागि नेपाल बारले खेलेको भूमिका महत्त्वपूण रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह