समाज | झापा - JP


बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा

Posted on April 05, 2018 | views : 1374 | झापा - JP

चैत २२ झापा । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनक

Read More

झापाका १ युवाद्वारा प्रहरीमाथि खुकुरी प्रहार, २ जना गम्भीर

Posted on April 04, 2018 | views : 1779 | झापा - JP

चैत २१, झापा | झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् ।  भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन

Read More

गोलीको छर्रा लागेकी अनुपामा १५ वर्षपछि खुशी फर्कियो

Posted on April 03, 2018 | views : 1608 | झापा - JP

—सुरेन्द्र भण्डारी | चैत २०, झापा | पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।  ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनुभएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा पर्नुभएको थियो ।

Read More

झापामा काठको मुढाले हिर्काएर श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या

Posted on April 02, 2018 | views : 1639 | झापा - JP

चैत १९, दमक | काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार

Read More

झापाको एनसेल टावरमा आगजनी, विप्लवका दुई कार्यकर्ता पक्राउ

Posted on March 30, 2018 | views : 1336 | झापा - JP

चैत १६, झापा | बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।  आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशा

Read More

झापामा घिउको मूल्य घट्यो

Posted on March 26, 2018 | views : 1679 | झापा - JP

 चैत १२, झापा | झापामा घिउको मूल्यमा कमी आएको छ ।  घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घिउको मूल्यमा रु ५० घटाएको छ । अहिले घिउ प्रतिकिलो रु ६५० मा बिक्री भइरहेको छ ।  एनएमसील

Read More

झापामा आगलागीबाट पन्ध्र लाखको क्षति

Posted on March 26, 2018 | views : 1336 | झापा - JP

चैत १२, झापा | कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।  आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।  आग

Read More

झापामा ३९ हजार सवारी साधन कारवाहीमा

Posted on March 25, 2018 | views : 1223 | झापा - JP

सुरेन्द्र भण्डारी/रासस ११, झापा चैत | चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् ।  कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले रु दुई करोड ४९ ला

Read More

झापा: ३५ लाखमा विवाहमा बेहुलाले दिएको सिन्दुर पोते फिर्ता

Posted on March 20, 2018 | views : 2476 | झापा - JP

चैत ६, झापा | दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् ।  जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीला

Read More

बजेट थप गर्न माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Posted on March 20, 2018 | views : 1586 | झापा - JP

चैत्र ६, झापा | झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। २५ वर्षभन्दा लामो समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ०४९ सालबाट निर्माण सुरु ग

Read More

काँकडभिट्टा नाकामा विषादी जाँच्न शुरु

Posted on March 20, 2018 | views : 1323 | झापा - JP

चैत ६, काँकडभिट्टा | पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ ।  आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो ।  स

Read More

झापा: विवाह गरेको भोलिपल्टै वेहुला भागेपछि...

Posted on March 20, 2018 | views : 2420 | झापा - JP

सुरेन्द्र भण्डारी/चैत ६, झापा | कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै ।  दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार

Read More

झापाको सुरक्षालाई प्रविधिमा जोड्दै प्रहरी

Posted on March 19, 2018 | views : 1091 | झापा - JP

सुरेन्द्र भण्डारी/चैत ५, झापा | प्रहरीले प्रमाणसहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान गरेको छ ।  दिन प्रतिदिन बिर्तामोडमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीय निकाय, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाको सहयोगमा

Read More

कचनकवलको विकासका लागि सरकारको ध्यानाकर्षण

Posted on March 18, 2018 | views : 1246 | झापा - JP

कचनकवल, चैत ४। नेपालकै होचो भूभागको रुपमा परिचित कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रको समस्याको चाङ उजागर गरेका छन् ।  कचनकवल धेरै समस्यामा गुज्रिरहेको भन्दै उनीहरुले जिल्लाको दुर्गम र विकासको दृष्टिले पछाडि परेको त्यस गाउँपालिकाको समस्या समाधानमा प्रदेश र केन्द्र सरकारको ध्यानाकर्ष

Read More

झापामा जेठाजुबाट बुहारीलाई मिर्गौला दान

Posted on March 18, 2018 | views : 1313 | झापा - JP

चैत ४, काँकडभिट्टा | झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ ।  भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडांैँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ ।  दश महिनाअघि

Read More

बिर्तामोड उद्योग वाणिज्य संघमा प्रसाई मनोनित

Posted on March 16, 2018 | views : 2317 | झापा - JP

चैत २, बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य सघंको कार्यसमिति सदस्यमा युवा व्यवसायी रोशन प्रसाई मनोनित भएका छन् ।  वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले प्रसाईंलाई शुक्रबार कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सिद्धकाली ट्रेडर्स एण्ड मल्टिपल सप्लायर्सका म्यानेजिङ डाइरेक्टर रहेका प्रसाईंलाई तीन

Read More

झापाली अनिस फेरि सगरमाथा चढ्ने

Posted on March 16, 2018 | views : 1256 | झापा - JP

चैत २, काँकडभिट्टा | प्रथम झापाली सगरमाथा आरोही अनिस लुइँटेलले फेरि सगरमाथा आरोहण गर्ने हुनुभएको छ ।  अमेरिकामा हुन लागेको ‘२४औँ वल्र्ड स्काउट जेम्बोरी’को लोगो सर्वोच्च शिखर सगरमाथामा पुर्याउन लुइँटेल आरोहणमा जान लाग्नुभएको हो ।  यही चैत २५ गते शिखरमा पुग्ने लक्ष्यका साथ यस पटक चीनतिरको बा

Read More

पुनःस्थापनाको प्रयास हुदैँ आएपनि घटेन सडक बालबालिका

Posted on March 16, 2018 | views : 1954 | झापा - JP

सुरेन्द्र भण्डारी/चैत्र २, झापा | झापाका मुख्य बजारका सडकमा गाँस, बास र कपासको खोजीमा भाँैतारिने ५०–६० जना जति बालबालिका छन् । विभिन्न उमेर समूहका भए पनि उनीहरुको मुख्य काम मागेर खानु हो । माग्दा नपाइए चोरी गर्नु उनीहरुका लागि कुनै नौलो कुरा होइन । उनीहरु के खान्छन् ? कसरी खान्छन् ? के लगाउँछन् ? के

Read More

झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला

Posted on March 16, 2018 | views : 1155 | झापा - JP

सुरेन्द्र भण्डारी/चैत २, झापा | बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ ।  क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दु

Read More

झापामा दुई महिलालाई मानव बेचबिखन मुद्दा

Posted on March 16, 2018 | views : 1442 | झापा - JP

चैत २, झापा | महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ ।  विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वु

Read More

झापामा चट्याङ लागेर एक युवकको मृत्यु

Posted on March 13, 2018 | views : 1438 | झापा - JP

फागुन २७, झापा | सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन् । उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो ।  चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रमम

Read More

हत्याको विरोधमा बिर्तामोड बन्द

Posted on March 13, 2018 | views : 1600 | झापा - JP

फागुन २९, झापा | बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् ।  यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो ।  हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा

Read More

झापामा १० छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

Posted on March 08, 2018 | views : 1264 | झापा - JP

फागुन २४, झापा | एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ ।  बाह्रदशी गाउँपालिका–५ घोडामारा निवास

Read More

झापामा २२९ जनाले स्वेच्छिक अवकाश लिदै

Posted on March 08, 2018 | views : 1277 | झापा - JP

फागुन २४, भद्रपुर | स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो ।  अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा वढी ४३ जना रहेका छ

Read More

उपचारको आश्वासन देखाएर बिरामीलाई भारत लादै ठग्ने झापाका एक युवा पक्राउ

Posted on March 06, 2018 | views : 1369 | झापा - JP

फागुन २२, झापा | उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउँदै ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्

Read More

झापा: खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

Posted on March 05, 2018 | views : 976 | झापा - JP

फागुन २१, भद्रपुर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ ।  जिल्ला खेलकूद विकास समिति झापाद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सरकारी विद्यालयमा पठनपाठनका

Read More

झापाको बिर्तामोडमा रूखबाट लडेर एकको मृत्यु

Posted on March 04, 2018 | views : 1561 | झापा - JP

फागुन २०, झापा | झापाको बिर्तामोड नगरपालिका–७ मा शनिबार एक व्यक्तिको रूखबाट लडेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा वारघरे निवासी ६२ वर्षीय मानबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । घर नजिकै रहेको रूखमा घाँस काट्ने क्रममा लड

Read More

झापामा मधेशी र पहाडी समुदायको होली एकैठाउँ

Posted on March 02, 2018 | views : 1360 | झापा - JP

फागुन १८, भद्रपुर | झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् ।  सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।  वीरता जेसिज र वीरता लेडी जेसिजल

Read More