२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा घिउको मूल्य घट्यो

२०७४, १२ चैत्र सोमबार ०८:४१

 चैत १२, झापा | झापामा घिउको मूल्यमा कमी आएको छ । 

घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घिउको मूल्यमा रु ५० घटाएको छ । अहिले घिउ प्रतिकिलो रु ६५० मा बिक्री भइरहेको छ । 

एनएमसीले संकलित दूध स्थानीय बजारमा मात्र खपत हुन नसकेपछि पोखरा र चितवनमा समेत बिक्री गर्न थालेको छ । बजार नपाएपछि उत्पादकले मूल्य घटाएर घिउ बेच्न थालेका छन् । 

दैनिक १५ हजार लिटर दूध संकलन गरिरहेको एनएमसी डेरीले दैनिक करिब १५० किलो घिउ बिक्री गर्दैआएको उक्त डेरीका बजार प्रबन्धक नवराज अधिकारीले बताउनुभयो । 

जिल्लाको अर्को ठूलो डेरी ऋतिकाले घिउ प्रतिकिलो रु ६५० मा बिक्री गर्दैआएको छ । “हामी पहिले पनि यही मूल्यमा घिउ बेचेका थियौँ,” बजार व्यवस्थापक केशव चिमरियाले भन्नुभयो । ऋतिका डेरीले दैनिक करिब एक सय किलो घिउ बेच्दै आएको छ । झापा पछिल्लो समय दूध, घिउ, दही, पनिरलगायत वस्तुमा आत्मनिर्भर बन्दै गएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा