कचनकवल धेरै समस्यामा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कचनकवल धेरै समस्यामा ग"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कचनकवलको विकासका लागि सरकारको ध्यानाकर्षण

२०७४, ४ चैत्र आईतवार १२:२६

कचनकवल, चैत ४। नेपालकै होचो भूभागको रुपमा परिचित कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रको समस्याको चाङ उजागर गरेका छन् । 


कचनकवल धेरै समस्यामा गुज्रिरहेको भन्दै उनीहरुले जिल्लाको दुर्गम र विकासको दृष्टिले पछाडि परेको त्यस गाउँपालिकाको समस्या समाधानमा प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

 स्थानीय तह निर्वाचनपछि जनताको अपेक्षा अत्यधिक रहेको तर, त्यस अनुसार काम गर्न विभिन्न समस्या आइपरेको त्यहाँका जनप्रतिनिधिले औल्याएका छन् । 

संवाद समूह झापाको संयोजनमा आज आइतवार गाउँपालिका कार्यलयमा भएको छलफलमा गाउँपालिका अध्यक्ष अन्जार आलामले कानूनी अन्यौलता, जनशक्ति अभाव, स्रोत र साधनको अभाव, हात्ती आतंक, नागरिकता, विकास निर्माणको समस्या रहेको बताए । 

उनले कचनकवलका वासिन्दाको स्वास्थ्यमा पहुँच नरहेको, विकासमा धेरै पछाडि परेको बताउँदै अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने जनाए । त्यसका लागि सरकारले कचनकवललाई विशेष प्राथमिकतामा राखेर हेर्नु पर्ने बताए । उनले प्रधानमन्त्री कृषि परियोजना प्रभावकारी हुन नसकेको र स्थानीय तहले परियोजनासँग समन्वय नगरेको गुनासो समेत पोखे । 

गाउँपालिकाकी उपाध्यक्ष निमसरि राजवंशीले आन्तरिक तथा बाह्य समस्या बारे जानकारी गराइन् । विवाद समाधानमा आवश्यक तालिम, जनशक्ति र स्रोतसाधनको अभाव रहेको उनको गुनासो थियो । आदिवासी बाहुल्य सो क्षेत्रमा चेतनाको स्तर कम रहेको, विरीङ खोलामा झुलुङ्गे पुलको आवश्यकता, शिक्षा र स्वास्थ्यमा पहुँच अभिबृद्धि, नागरिकता लगायतका समस्या औल्याइन् । 

समस्यासँगै उनीहरुले कचनकवल देशकै होचो भूभाग, भारतीय सीमावर्ती क्षेत्र, सिमसार क्षेत्र, मन्दिर, वनजंगल लगायत पर्यटन पूर्वाधारका थुप्रै सम्भावना बोकेको क्षेत्र भएको समेत बताए । कचनकवललाई पर्यटन क्षेत्रको रुपमा रुपान्तरण गर्न सरकारले विशेष बजेटको व्यवस्था गर्न उनीहरुको माग छ । 

गाउँपालिकाका कार्यकारी अधिकृत रेखनाथ दाहालले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरेको, कानून बनाउन नसक्नु जस्ता समस्या औल्याए । कचनकवल गाउँपालिका वडा नं. १का अध्यक्ष लक्ष्मीनारायण यादव, २का अध्यक्ष मेखबहादुर भट्टराई, ३का अध्यक्ष विजय राजवंशी, ४का अध्यक्ष महेशलाल गणेश, ५का अध्यक्ष परमानन्द राजवंशी, ६का अध्यक्ष कुलबहादुर कार्की र ७ का अध्यक्ष भरत राजवंशीले आआफ्नो वडाको समस्या तथा चुनौति बारे अवगत गराएका थिए । 

उनीहरुले मेची नदी र विरीङ नदीमा तटबन्ध, बाटो, विद्युत्, खानेपानी, स्वास्थ्य, सुरक्षा, सञ्चार, शिक्षा, पुल जस्ता समस्याहरु औल्याएका छन् । त्यस्तै कचनकवलमा छोटी भन्सार कार्यालयको समेत माग गरेका छन् । भन्सार नहुँदा स्थानीय व्यापारीले भारतबाट ल्याएको थोरै सामान पनि प्रहरीले जफत गरेर समस्या उत्पन्न हुने गरेको उनीहरुको भनाइ छ । त्यस क्षेत्रका संघसंस्थाले गाउँपालिका प्रति बढी अपेक्षा गर्दा बजेट विनियोजनमा समस्या र विवाद उत्पन्न हुने गरेको समेत उनीहरुले बताए । 

राजनीतिक दलहरुको भने राम्रो समन्वय र सहयोग रहेको भन्दै कचनकवलका जनप्रतिनिधिले प्रशंसा गरे । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई, अधिवक्ता खगेन्द्र खरेल र युवा समूहका सदस्य नवीन ढुंगानाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा