झापाली अनिस फेरि सगरमाथा चढ्ने

Posted on: 16 Mar, 2018

चैत २, काँकडभिट्टा | प्रथम झापाली सगरमाथा आरोही अनिस लुइँटेलले फेरि सगरमाथा आरोहण गर्ने हुनुभएको छ । 

अमेरिकामा हुन लागेको ‘२४औँ वल्र्ड स्काउट जेम्बोरी’को लोगो सर्वोच्च शिखर सगरमाथामा पुर्याउन लुइँटेल आरोहणमा जान लाग्नुभएको हो । 

यही चैत २५ गते शिखरमा पुग्ने लक्ष्यका साथ यस पटक चीनतिरको बाटोबाट सगरमाथा आरोहण गर्ने उहाँले जानकारी दिनुभयो । 

मेचीनगर–९ का २४ वर्षीय अनिसले नेपालको नयाँ संविधान बोकेर २०७३ जेठ ८ गते पहिलोपटक नेपालतिरको बाटो भएर सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गर्नुभएको थियो । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!