झापा: खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

Posted on: 05 Mar, 2018

फागुन २१, भद्रपुर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । 

जिल्ला खेलकूद विकास समिति झापाद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सरकारी विद्यालयमा पठनपाठनका साथै खेलकूदलाई पनि प्राथमिकतामा राखिने बताउनुभयो । 

उहाँले प्रदेश चलाउन जेठ २५ गतेभित्र कानून बनाइसक्ने जानकारी पनि दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!