२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा

२०७४, २२ चैत्र बिहीबार ०९:५१

चैत २२ झापा । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा छजना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, विर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो। तामाङ राष्ट्रिय वाणिज्य बैंक बिर्तामोडका नगद सहायक (खजान्ची) हुन्।

यता पक्राउ परेकामध्ये बिर्तामोड–५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेनपा–१२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेनपा–१० निवासी ३३ वर्षीय प्रवेश अधिकारी भने धरौटीमा छुटेका छन्।

श्रेष्ठसँग रु तीन लाख ९८ हजार, प्रधान र अधिकारीसंग रु ७०/७० हजार धरौटी माग भएकोमा उनीहरूले सो रकम बुझाएर छुटेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा