२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोड उद्योग वाणिज्य संघमा प्रसाई मनोनित

२०७४, २ चैत्र शुक्रबार ०८:३३

चैत २, बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य सघंको कार्यसमिति सदस्यमा युवा व्यवसायी रोशन प्रसाई मनोनित भएका छन् । 

वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले प्रसाईंलाई शुक्रबार कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सिद्धकाली ट्रेडर्स एण्ड मल्टिपल सप्लायर्सका म्यानेजिङ डाइरेक्टर रहेका प्रसाईंलाई तीन वर्षे कार्यकालका लागि कार्यकारिणी सदस्य पदमा मनोनित गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । 

मनोनयन पछि बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष भट्टराईले उद्योगी, व्यवसायीको हकहित संरक्षण र प्राप्तीमा प्रसाईंको भूमिका फलदायी हुने विश्वास व्यक्त गरे । संघको कार्यकारिणी सदस्यमा मनोनयनले आफुलाई हर्षित तुल्याएको प्रसाईंले बताएका छन् । आफूले निर्वाह गर्दै आएको भूमिकाको सही मूल्यांकन गरेकोमा अध्यक्ष भट्टराई तथा वाणिज्य संघप्रति प्रसाईंले धन्यवादसमेत ज्ञापन गरेका छन् । उनले संघको कार्यसमितिमा नयाँ ढंगले सहयोग गरेर जाने र व्यापारीलाई पर्ने समस्यामा राजनीतिबाट माथि उठेर निष्पक्ष र निडर भई अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । 

३२ वर्षीय प्रसाईं वीरता जेसीज लगायत आधा दर्जन सामाजिक संस्थामा छन् । त्यस्तै सानो संसार ल्याण्ड एण्ड हाउजिङका प्रबन्धक निर्देशक समेत रहेका प्रसाईं आधा दर्जनबढी व्यवसायिक संस्थामा आबद्ध छन् । डेनमार्क र नर्वेबाट वाणिज्य संकायमा स्नातक गरेका रोशन समाजसेवी तथा धार्मिक व्यक्तित्व डिल्ली प्रसाईंका ज्येष्ठ सुपुत्र हुन् । 

उनी राउण्ड टेबल बिर्तामोड, नेपाल रेडक्रस सोसाइटीको सदस्य तथा पूर्वेल युवा क्लवको कोषाध्यक्ष हुन् । त्यस्तै हार्डवेयर व्यवसायी संघको सदस्य, प्रोपर्टी डिलर्स एसोसिएसनको सदस्य, सानो संसार कन्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर, टपकोन टेक्निकल सोलुसनको अध्यक्ष, एन्टिना टे«ड एण्ड टेक्नोलोजीको सञ्चालक, माता पाथीभरा हार्डवेयरको सञ्चालक समेत रहेका छन् । 

वाणिज्य संघका अध्यक्ष भट्टराईले मनोनित गर्ने दुई सदस्य पदमध्ये यसअघि एजाज अहमद अन्सारीलाई मनोनित गरिसकेका छन् ।  यो मनोनयसँगै बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिले पूर्णता पाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै