२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बजेट थप गर्न माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

६ चैत्र २०७४, मंगलवार १२:०२

चैत्र ६, झापा | झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।


२५ वर्षभन्दा लामो समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ०४९ सालबाट निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र ट्रयाक खोलिएको थियो। तर, निर्माण सम्पन्न गर्न आफ्नै बजेट अपुग भएको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले जानकारी दिए।

 तीन वर्षअघि उनकै पहलमा फाल्गुनन्द मार्ग बहुवर्षे आयोजनामा परेको थियो। फेरि पनि सडक निर्माण सम्पन्न गर्न बजेट पाउने आशामा झापा, इलाम र पाँचथरका स्थानीयसँगै सडक निर्माण उपभोक्ता समितिले प्रानमन्त्री ओलीलाई मंगलबार सरकारी निवास बालुवाटार पुगेर भेट गरे। उनीहरुसँगै कांग्रेस नेता भीष्मराज आङ्देम्बे, माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्की, प्रतिनिधिसभा सदस्य महेन्द्रा कुमारी सुब्बा प्रदेश १ का प्रदेशसभा सदस्य झलकसिंह दर्लामी लगायत नेताले प्रधानमन्त्री ओलीलाई भेटे।

त्यस क्रममा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले सडकलाई बाह्रै महिना सञ्चालन गर्न तत्काल एक अर्ब ७५ करोड आवश्यक रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।

‘दमकदेखि चिसापानीसम्म ट्रयाक ओपन गरिएको ३६ किलोमिटर क्षेत्रभित्र बाह्रैमास सवारी साधन सञ्चालन गर्न तत्काल पक्की ढल, बेस्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाल जरुरी छ’, उनले भने,‘त्यसका लागि नेपाल सरकारका तर्फबाट चालु आर्थिक वर्षमा छुटाइएको बजेट अत्यन्त न्यून भयो। डिपिआर अनुसारको एक अर्ब ७५ करोड रकम तत्काल थप गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गर्छौँ।’

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै उक्त सडकका बारेमा आफू जानकार भएकाले बजेट अभाव हुन नदिने बताए। उनले यो सडक आफ्नो पुरानो सपना भएको बताउँदै सपना पूरा गरेरै छाड्ने बताए। उनले भने,‘यो सडक मेरो पुरानो सपना हो। हामी सपना मात्र देख्दैनौँ पूरा पनि गछौँ।’

जादु गरे जस्तै तकत्काल पूरा नभए पनि विस्तारै पुरा हुने बताए। प्रधानमन्त्री ओलीले भने,‘जादु्गरले जादु गरे जस्तै तत्काल त काम सकिँदैन। तर विस्तारै सकिन्छ। कामको प्रगती भइरहेको छ।’ विकासका लागि झापाका राजनीतिक दल एकजुट भएको भन्दै उनले खुसी व्यक्त गरे। उनले भने,‘यता उता हुने भनेको चुनावको बेलामा हो। अरूबेला झापाका राजनीतिक दल विकासमा एक हुन्छन्।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै