२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा: ३५ लाखमा विवाहमा बेहुलाले दिएको सिन्दुर पोते फिर्ता

२०७४, ६ चैत्र मंगलवार १२:३५

चैत ६, झापा | दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् । 

जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दूर पोते आफैँले फिर्ता पाएका हुन् । गत फागुन २० गते सामाजिक परम्पराअनुसार बुद्धशान्ति गाउँपालिका–१ निवासी रेग्मीले सोही गाउँपालिका निवासी एक किशोरीसँग विवाह गरेका थिए । 

विवाह गरेको भोलिपल्टै आफूमा शारीरिक समस्या रहेको भन्दै बेहुली छाडेर भागेका राकेशलाई ती युवतीले आज सिन्दूर पोते फिर्ता दिएकी हुन् । उनले इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका राकेशलाई प्रहरी कार्यालयमै पुगेर लगाइदिएको सिन्दूर पोते फिर्ता दिएकी हुन् । युवतीले फिर्ता दिएको सिन्दूर पोते बुझ्दै राकेशले ती युवतीको उज्वल भविष्यको कामना गरे । उनले भने, “तिम्रो भविष्य सुन्दर भएको देख्न चाहन्छु ।” 

विवाहको भोलिपल्टै बेहुली छाडेर बेपत्ता भएका राकेशलाई परिवारको सहयोगमा दुई दिनपछि प्रहरीले भारतबाट नेपाल ल्याएको थियो । शुरुमा आफूलाई अपहरण गरेर भारतको पटना पु¥याएको बताएका राकेशले पछि आफैँ आफूमा शारीरिक समस्या भएपछि घर छोडेर हिँडेको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । 

बेहुली छाडेर बेपत्ता बनेका राकेशले आफ्नी छोरीको भविष्य अन्योलमा पारेको भन्दै बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए । अपहरणमा परे भनिएका राकेशलाई प्रहरीले सकुशल फेला परेको र नाटक गरेको थाहा पाएपछि उनलाई अहिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । 

राकेशका बुबा लालप्रसाद रेग्मीले आफ्नै छोराको शारीरिक समस्याका कारण युवतीको भविष्य अन्योलमा परेको भन्दै उनको भरण, पोषण र शिक्षाका लागि रु ३५ लाख दिने सहमति जनाउनुभएको थियो । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा आइतबार र सोमबार भएको बहसमा उहाँले यस्तो सहमति जनाउनु भएको थियो । मंगलबार भएको बहसमा बेहुलाले बेहुलीलाई उपहार दिएको सिन्दूर पोते फिर्ता गर्ने सहमति भएको र सहमतिअनुसार बेहुलीले बेहुलालाई सिन्दूर पोते फिर्ता दिएको बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिनुभयो । 

बेहुलाले दान गरेको सिन्दूर फिर्ता गर्न बेहुलीसहित उनकी आमा, काकी, सानिमा, सानाबा र गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष भुर्तेल, न्यायिक समिति सचिव अम्बिका अधिकारी, सदस्य मेनुका पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मनोरथ तिवारी लगायतको टोली इलाका प्रहरी कार्यालय धुलाबारी पुगेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै