२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

काँकडभिट्टा नाकामा विषादी जाँच्न शुरु

२०७४, ६ चैत्र मंगलवार ०९:१९

चैत ६, काँकडभिट्टा | पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ । 

आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो । 

संयुक्त टोलीले काँकडभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोकाउली र खुर्सानीमा त्यस्तो जाँच गरेको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताउनुभयो । 

टोलीले सब्जीको नमूना संकलन गरी जाँचका लागि बिर्तामोडस्थित प्रयोगशाला पठाएको थियो । विषादीको मात्रा जाँच्ने प्रयोगशाला बिर्तामोडमा मात्र रहेको छ । कृषि विभागको बाली संरक्षक निर्देशनालयले बिर्तामोडको कृषि थोकमा प्रयोगशाला स्थापना गरेको हो । 

प्लान्ट क्वारेन्टाइन कार्यालयका क्षेत्रीय प्रमुख सुकदेव मैनालीले आइतबार लिइएको सब्जीको नमूनामा विषादीको मात्रा मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने लेभलभन्दा न्यून पाइएको जानकारी दिनुभयो । 

जाँच गरिएको करेलामा अर्गेनोफोस्फेट ०.००२२ प्रतिशत र कार्वामेट १.२६७० प्रतिशत पाइएको छ । 

यसैगरी, ब्रोकाउलीमा अर्गेनोफोस्फेट १२.७२८ र कार्वामेट २.५१८३ पाइएको छ । काक्रामा अर्गेनोफोस्फेट ८.४७८८ र कार्वामेट २.३२८५ तथा खुर्सानीमा अर्गेनोफोस्फेट ०.३०४३ र कार्वामेट ३.२३८७ प्रतिशत पाइएको छ । 

जाँचले भारतबाट आयातीत हुने ब्रोकाउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको देखाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा