समाज |


बझाङमा भूकम्पको धक्का

Posted on February 16, 2024 | views : 164 |

फागुन ४, बझाङ | राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ ।  शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ । गत पुस २७ गते बझाङकै पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

पूजाको दियो हराएपछि महिलामाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार

Posted on February 16, 2024 | views : 271 |

फागुन ४, मोरङ | मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ । प्रहरीका अनुसार ५५ वर्षीया महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको हो । बिहीबार दिउँसो २ बजेतिरको घटनाका बारेमा प्रहरीले साँझ मात्रै जानकारी पा

Read More

आज तरकारी तथा फलफूलको मूल्य कति?

Posted on February 16, 2024 | views : 239 |

फागुन ४, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १००, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २३०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खर

Read More

जंगलमा सडिसकेको अवस्थामा फेला परे डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र

Posted on February 16, 2024 | views : 463 |

फागुन ४, बुटवल | डडेलधुरामा कार्यरत नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए । प्रहरीले भेट्दा शव सडिसकेको अ

Read More

ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एक महिलाको मृत्यु

Posted on February 16, 2024 | views : 295 |

फागुन ४, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।  छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर

Read More

दाङमा गोली हानी महिला प्रहरीको हत्या

Posted on February 16, 2024 | views : 291 |

फागुन ४, दाङ | दाङमा गाेली हानेर माहिलस प्रहरीको हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्र

Read More

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, एलपी ग्यासको मूल्य यथावत

Posted on February 16, 2024 | views : 285 |

फागुन ४, काठमाडौं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । हिजो राति १२ बजेदेखि लागु हुने गरी निगम

Read More

आजको मौसमः यी प्रदेशमा हल्का बर्षा हुने र अन्त आंशिक बदली रहने

Posted on February 16, 2024 | views : 220 |

फागुन ४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मु

Read More

बसको ब्रेकफेल भएपछि के-के भयो? घाइतेले सुनाए यस्तो अनुभव

Posted on February 15, 2024 | views : 494 |

फागुन ३, काठमाडौँ |  “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्र गतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन् । उनी छोरीसँगै काठमाडौँ जान बुधबार दिउँसो साढे दु

Read More

मृतकको व्यक्तिहरूको खाताबाट पेन्सन निकालेको आरोपमा बैंकका कर्मचारी पक्राउ

Posted on February 15, 2024 | views : 464 |

फागुन ३, काठमाडौँ | मृतक व्यक्तिहरूको खाताबाट पेन्सन निकालेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेका छन्। प्रहरीका अनुसार राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्ज शाखाका कार्यालय सहयोगी रामेछाप लिखु देउराली गाउँपालिका-६ का ५५ वर्षीय पुण्यप्रसाद अधिकारी पक्राउ परेका हुन्। उनलाई बिहीबार

Read More

छोराछोरीको हत्यापछि हामफालेर आत्महत्या गरेकी रविनाको ‘सुसाइड नोट’ फेला

Posted on February 15, 2024 | views : 615 |

फागुन ३, काठमाडौँ | ललितपुरमा छोराछोरीको हत्यापछि हामफालेर आत्महत्या गरेकी रविना महर्जनको ‘सुसाइड नोट’ भेटिएको छ । शनिवार महालक्ष्मी नागरपालिका–३ इमाडोल स्थित ओचुहाइटमा दुई नाबालकको हत्या गरेर ३६ वर्षीया रविना आफ्नो घरको तेस्रो तलाबाट हामफालेकी थिइन् । ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रि

Read More

रौतहटमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा खुर्सानीकाे धुलाेले सहित सांघातिक आक्रमण

Posted on February 15, 2024 | views : 631 |

फागुन ३, रौतहट | भारतीय सिमानासँगग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिकामा दुइटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ। त्यहाँ सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीवार आक्रमण हुँदा एकजनाको टाउको फुटेको भने कैयौंलाई चोटपटक लागेको छ। ईशनाथ-५ जटहरा गाउँ बाट सरस्वतीको मूर्ति

Read More

रसिया पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

Posted on February 15, 2024 | views : 272 |

फागुन ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरका ३० वर्षीय मिलन तामाङ रहेको प्रहरीले जनाएको छ। उनले गणेश बीसीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लाग्ने, त्

Read More

फोहोर टिप्ने बहानामा गहना र पैसा चोरी, एक महिलासहित ५ भारतीय पक्राउ

Posted on February 15, 2024 | views : 364 |

फागुन ३, काठमाडौँ | काठमाडौंका विभिन्न ठाउँमा फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका एक महिला र ४ पुरुष सबै भारतीय हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीका गरगहनासहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत

Read More

आर्थिक मन्दीको बहाना देखाएर कामदार कटौती गरेपछि गणपति वनस्पति उद्योगमा हड्ताल

Posted on February 15, 2024 | views : 241 |

फागुन ३, बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका –३ बजनीमा रहेको गणपति बनस्पती उद्योगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकालपछि श्रमिकहरु चिन्तित् भएका छन् । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकालेपछि अहिले त्यहाँ कार्यरत कामदारहरु चिन्तामा परेको

Read More

४० लाख भारु लिएर मेक्सिको हुँदै अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक, २ नेपालीसहित ९ जना पक्राउ

Posted on February 15, 2024 | views : 820 |

फागुन ३, काठमाडौँ | अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतको हरियाणा र पंजाब घर भएका ११ जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजान काठमाडौंमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।  काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित अल्का बजाजको घर भाडामा

Read More

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

Posted on February 15, 2024 | views : 325 |

फागुन ३, काठमाडौँ | मोरङको पथरीशनिश्चरे ४ नं. वडा आसपासमा केहि दिनदेखि लगातार चोरी भइरहेको छ । केही दिनदेखि वडा नं. ४ का घरहरूमा निरन्तर चोरी भइरहेको थियो । बुधबार राति वडा नं. ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको छ । सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैया नग

Read More

‘ब्रेक फेल’ हुँदा कपिलबस्तुमा बस दुर्घटनाः प्रहरी

Posted on February 15, 2024 | views : 348 |

फागुन ३, काठमाडौँ | पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१ सुरही खोलामा भएको बस दुर्घटनाको कारण यान्त्रिक गडबडीले भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी हरिबहादुर वलीले १० जना यात्रुको मृत्यु र ३० जना यात्रु घाइते हुने गरी भएको बस दुर्घटनाको कारण ब्रेक फेल भएको जानक

Read More

भित्री वस्त्रमा लुकाएर ल्याएको सुन सहित विमानस्थलबाट २ महिला पक्राउ

Posted on February 15, 2024 | views : 399 |

फागुन ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित दुई महिला पक्राउ परेका छन्। भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गा

Read More

सार्वजनिक सवारीमा यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक भारतीय पक्राउ

Posted on February 15, 2024 | views : 259 |

फागुन ३, काठमाडौँ | सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचको क्रममा पोखरा महानगरपालिका-९ स्थित बसपार्कबाट विहार मोतिहारी जिल्ला संग्रापुर

Read More

त्रिभुवन विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

Posted on February 15, 2024 | views : 325 |

फागुन ३, काठमाडौँ | प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा ३१ वर्षीय यसिन अहमद, ४८ वर्षीय मोहम्

Read More

प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

Posted on February 15, 2024 | views : 1069 |

फागुन ३, सिरहा। सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ।  प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।  बालिका बलात्

Read More

अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई काठमाडौँ ल्याएर बन्धक, प्रहरीले गर्यो उद्धार

Posted on February 15, 2024 | views : 293 |

फागुन ३, काठमाडौँ | जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ। नेपालमा बन्धक बनाइएका ११ जनलाई बुधबार दिउँसो काठमाडौँको रातोपुलबाट प्रहरीले उद्धारसमेत गरेको छ।  विशेष सूचनाका आधारमा ११ जनलाई उद्धार गरि

Read More

महिलाको शव निर्वस्त्र अवस्थामा फेला

Posted on February 15, 2024 | views : 464 |

फागुन ३, सल्लेरी । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।  “मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको

Read More