१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मृतकको व्यक्तिहरूको खाताबाट पेन्सन निकालेको आरोपमा बैंकका कर्मचारी पक्राउ

३ फाल्गुन २०८०, बिहीबार १२:१६

फागुन ३, काठमाडौँ | मृतक व्यक्तिहरूको खाताबाट पेन्सन निकालेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेका छन्।

प्रहरीका अनुसार राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्ज शाखाका कार्यालय सहयोगी रामेछाप लिखु देउराली गाउँपालिका-६ का ५५ वर्षीय पुण्यप्रसाद अधिकारी पक्राउ परेका हुन्।

उनलाई बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। 

उनले मृतक ८ जनाको पेन्सन केही वर्षदेखि लगातार निकाल्दै आएको प्रहरीले जनाएको छ। त्यसका लागि उनले मृतक व्यक्तिहरूको पेन्सन पट्टा तथा चेकबुक आफूले राख्ने गरेका थिए।

पुण्यले उनीहरूले खाता खोल्दाको नागरिकता र पुरानो फोटो टाँसी नयाँ दस्तखत नमूना कार्ड आफैंले तयार गरी पैसा निकाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। 

उनलाई बैंकिङ कसुर तथा ठगीसम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनबाट म्याद  थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ