१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

४० लाख भारु लिएर मेक्सिको हुँदै अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक, २ नेपालीसहित ९ जना पक्राउ

३ फाल्गुन २०८०, बिहीबार १०:२३

फागुन ३, काठमाडौँ | अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतको हरियाणा र पंजाब घर भएका ११ जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजान काठमाडौंमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

 काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित अल्का बजाजको घर भाडामा लिएर आरोपीहरुले पीडितलाई थुनामा राखेर कुटपिट र यातना दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । फागुन २ मा रातोपुलबाट ११ जना पीडितलाई उद्धार गरेर ७ जना भारतीय र २ जना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । आरोपीहरुले भारतीय नागरिकलाई ‘अमेरिका सपना’ देखाएर काठमाडौँ ल्याएका हुन् ।


पीडितहरुलाई दुबई पुर्याएर र नयाँ दिल्लीबाट सिधै काठमाडौँमा ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौँमा ‘बन्धक’ बनाएपछि भारतमा भिडियो कुराकानी गर्न लगाएर रकम असुलेका हुन् । भिडियोमार्फत आफन्तलाई कुरा गराउँदा आरोपीहरुले पीडितलाई ‘सुरक्षित रुपमा मेक्सिको आइपुगेँ अब, अमेरिका पुग्दैछु’ भन्न बाध्य बनाएका थिए ।

मेक्सिकोको भाषा, समय र संस्कृतिसँग मिल्ने कृतिम वातावरण रातोपुलस्थित बन्धक बनाएको घरमा सिर्जना गरेर भिडियो कलमार्फत आफन्तलाई देखाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए । एसएसपी खत्री भन्छन्– ‘भिडियोमार्फत कुराकानी गराएपछि आफन्तसँग भारतीय रुपैयाँ ४० लाखसम्म असुल गरेको अनुसन्धानबाट देखिन्छ ।’

पीडितलाई दबाव र यातना दिएर ‘म सुरक्षित छु’ भन्न लगाएपछि गिरोहले ४० लाख भारतीय रुपैयाँ एजेन्टको खातामा डिपोजिट गर्न लगाउँथे ।  भारतमा आफन्तलाई विश्वासमा पार्न आरोपीहरुले क्यानडाको समय देखाउने घडीको फोटो र भिडियो देखाउने गरेका हुन् ।

‘अमेरिका पठाउँछौ’ भनेर दुबई र कतार पुर्याएर आरोपीहरुले ‘अर्को ट्रान्जिट’ भन्दै नेपालमा ल्याउने गरेका थिए । अनुसन्धानमा संलग्न डीएसपी हरि खतिवडा भन्छन्–‘केही पीडितलाई सुरुमै काठमाडौँ ल्याएको पनि देखिन्छ ।’

रातोपुलमा बन्धक बनाइएकामा ३ जना हरियाणा र ८ जना पञ्जाबका छन् । पीडितहरुमध्ये केहीलाई गिरोहका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुक गरेको होटलमा पठाउने गरेका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्– ‘केहीलाई सिधै रातोपुलस्थित घरमा लगेर बन्धक बनाएको देखिन्छ ।’

रातोपुलमा लगेर पीडितहरुलाई भारतबाट ‘अनिवार्य बोक्नु’ भनेर पठाइएको ३ हजार अमेरिकी डलर र पीडितसँग भएको कागजात गिरोहका सदस्यले जफत गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् ।

आरोपीहरुले भारतमा बस्ने पीडितका आफन्तलाई विश्वास दिलाउन मेक्सिको सम्म जान ‘ट्रान्जिट’ मा पर्ने देशहरुको अध्यागमन कार्यालयको अराइभल र डिपार्टचरको नक्कली स्ट्याम्प बनाएर पासपोर्टमा छाप लगाएको फेला परेको छ ।

‘नक्कली रुपमा खडा गरिएका ट्रान्जिट रुटहरुमा पर्ने विभिन्न देशका अराइभल र डिपार्टचरको नक्कली स्ट्याम्प बनाएर पासपोर्टमा छाप लगाएको भेटिएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्–‘एयरलाइन्सको बोर्डिङ पास र टिकट पनि नक्कली बनाएर भारतमा आफन्तलाई पठाउने गरेको देखिन्छ ।’

अध्यागमनको नक्कली स्ट्याम्प र विमान कम्पनीको बोर्डिङ पास मेसेज गरेर पठाएपछि आरोपीहरुले पीडितलाई आफन्तहरुसँग पैसा डिपोजिट गराउन दबाव दिने गरेका हुन् । एजेन्ट समूहले शारीरिक मानसिक यातना दिएर र भारतमा रहेका आफन्तहरुको ज्यान सम्म लिने धम्की दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ