२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोराछोरीको हत्यापछि हामफालेर आत्महत्या गरेकी रविनाको ‘सुसाइड नोट’ फेला

२०८०, ३ फाल्गुन बिहीबार १२:०६

फागुन ३, काठमाडौँ | ललितपुरमा छोराछोरीको हत्यापछि हामफालेर आत्महत्या गरेकी रविना महर्जनको ‘सुसाइड नोट’ भेटिएको छ । शनिवार महालक्ष्मी नागरपालिका–३ इमाडोल स्थित ओचुहाइटमा दुई नाबालकको हत्या गरेर ३६ वर्षीया रविना आफ्नो घरको तेस्रो तलाबाट हामफालेकी थिइन् ।

६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवालाई रविनाले हत्या गरेपछि आत्महत्या रोजेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविनाले छाडेको सुसाइड नोटमा लेखिएको छ– ‘बच्चाहरुले दुःख पाउने भए भनेर सँगै लिएर गएँ ।’ आफ्ना श्रीमान र दिदीलाई प्रमाणको रुपमा म्यासेन्जरमा सुसाइड नोट पठाएको रविनाले उल्लेख गरेकी छन् ।’

घटनास्थलमा सुसाइड नोट फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक नवराज कार्कीले बताए । कार्की भन्छन्– ‘नोट फेला परेको छ, त्यसबारे हामी अनुसन्धान गर्दैछौं ।’

एक पेज लामो नोटमा रविनाले आफूले एक्लै संसार छाड्न नसेकेको उल्लेख गर्दै भनेकी छिन्– ‘कसैसँग गुनासो र दोष छैन । मैले स्वनिर्णय गरेको हुँ ।’  रविनाले थप लेखेकी छन्– ‘जिन्दगी सोचेजस्तो भएन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति