पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

Posted on October 10, 2021 | views : 848 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री

Read More

नेपालमा खोप लगाएकाहरुको अवस्थाबारे प्रतिवेदन सार्वजनिक, खोप कति प्रभावकारी ?

Posted on October 09, 2021 | views : 1136 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रत

Read More

तपाईं लामो समयसम्म कम्प्युटरमा बस्नुहुन्छ ? देखिन सक्छ यस्ता गम्भीर समस्या

Posted on October 08, 2021 | views : 852 | काठमाडौँ - KTM

असोज २२ , काठमाडौं। कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ। अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ। पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्

Read More

सवा तीन करोड खोप आउने निश्चित

Posted on October 06, 2021 | views : 1345 | काठमाडौँ - KTM

असोज २०, काठमाडौँ | केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ । विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइज

Read More

पेट्रोलियम पदार्थको मूल्य: भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

Posted on October 04, 2021 | views : 967 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ । दिल्ल

Read More

एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

Posted on October 02, 2021 | views : 953 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थाप

Read More

विवादास्पद ‘इन्काउन्टर’ : तत्कालीन गृहमन्त्री थापा र आइजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने

Posted on October 02, 2021 | views : 1314 | काठमाडौँ - KTM

असोज १६, काठमाडौँ | सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो।  सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृह

Read More

एमालेमा '१० भाइ'को संगठित गुट विघटन

Posted on September 30, 2021 | views : 899 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट विघटन भएको हो। विधान मस्यौदाम

Read More

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

Posted on September 29, 2021 | views : 1014 | काठमाडौँ - KTM

असोज १३,  काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बङ्गालको खाडीको उत्तर पश्चिम भू-भाग, पश्चिम बङ्गाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ।

Read More

एउटा अधुरो प्रेमकथाः साउदीमा रहेका प्रदिपलाई भेट्दै नभेटी गइन् लक्ष्मी

Posted on September 29, 2021 | views : 1482 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो । एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्

Read More

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति, कुन दललाई कति मन्त्रालय ?

Posted on September 28, 2021 | views : 1117 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र,

Read More

एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे

Posted on September 28, 2021 | views : 873 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५  जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।  त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते

Read More

भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा प्रहरीमाथि नै अनुसन्धान

Posted on September 28, 2021 | views : 935 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी पर

Read More

१० बुँदेले एमाले बैठकमा चर्काचर्की, ओलीलाई कारवाहीको माग

Posted on September 27, 2021 | views : 1116 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर

Read More

बझाङका एक युवकलाई मृत्युदण्डको सजाय दिईयो

Posted on September 26, 2021 | views : 2205 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । चार

Read More

नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

Posted on September 25, 2021 | views : 1048 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि  भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी  लिमिटेडका महाप्रबन्धक निरञ्

Read More

राजा बन्छु भन्दै श्रीपेच राखिएको बुलेट प्रुफ सिसाको सोकेस फुटाउन खोजेपछि...

Posted on September 25, 2021 | views : 1351 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसा

Read More

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला, यस्ता छन् सर्तहरु

Posted on September 24, 2021 | views : 1188 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबा

Read More

अनअराइभल भिसा खुला

Posted on September 24, 2021 | views : 1731 | काठमाडौँ - KTM

असोज ८ , काठमाडौँ | सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भ

Read More

मलेसियामा रोजगारी खुल्यो, मापदण्ड के-के ?

Posted on September 24, 2021 | views : 1768 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको  मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।  नेपालस्थित मलेसियाको दूतावास

Read More

ओली विरुद्ध चुनावसम्मै मोर्चाबन्दीका लागि माधव नेपालले ल्याए प्रस्ताव

Posted on September 22, 2021 | views : 778 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्। उनले

Read More

घट्यो कुखुराको मासुको मूल्य

Posted on September 20, 2021 | views : 1308 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत

Read More

मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब

Posted on September 20, 2021 | views : 993 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजना

Read More

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

Posted on September 20, 2021 | views : 955 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गर

Read More

दसैंमा घर जाने हो ? यसरी हुँदैछ यातायातको व्यवस्थापन

Posted on September 18, 2021 | views : 6338 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्र

Read More

बजारमा मानव स्वास्थ्यलाई घातक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

Posted on September 15, 2021 | views : 1311 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है ! बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घ

Read More

एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी

Posted on September 14, 2021 | views : 1816 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमस

Read More

१३ वर्षको उमेरमा भारतको कोठी पुर्‍याइएकी बालिका घर फर्किंएपछि...

Posted on September 14, 2021 | views : 1515 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्किएकी छन् । भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै भारत पुर्याईएकि ती बालिकालाई कोठीमा पुर्याईएको थियो ।  कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली, उनकै दुई छोरी तारा र ममताले

Read More