२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रोजगारी खुल्यो, मापदण्ड के-के ?

८ आश्विन २०७८, शुक्रबार ०३:५२

असोज ८, काठमाडौँ | कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको  मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । 

नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिक लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ । 

लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान बाटो खुलेको हो । कोरोना सङ्क्रमण फैलिन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । 

मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ  । मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्नेछ । यस्तै कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वारेन्टाइनमा बस्न पर्नेछ ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो