६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईं लामो समयसम्म कम्प्युटरमा बस्नुहुन्छ ? देखिन सक्छ यस्ता गम्भीर समस्या

२२ आश्विन २०७८, शुक्रबार ०४:४३

असोज २२ , काठमाडौं। कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ। अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ।

पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा. विजयकुमार झाले जानकारी दिए। दैनिक यस्तो समस्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उनले बताए।

उनले भने, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ। कोहीलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दुख्ने समस्या आउन सक्छ। लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने काम, लामो समय उभिएर गर्नुपर्ने कामहरू, गह्रुँगो सामान उचाल्नुपर्ने काम गर्दा यस्तो समस्या आउन सक्छ।”

डा. झाका अनुसार समस्या बढ्दै गएमा, औँलाहरूमा कमजोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुनसक्छ। उनी समस्या गम्भीर भए मल–मूत्र बिसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा परेमा तुरुन्त आपत्कालीन व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन्।

यस प्रकारको रोग लाग्न नदिन नियमित रूपमा व्यायाम गर्ने, अङ्ग, मेरुदण्ड, शिथिलिकरण, मर्निङ वाक जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीलाई बलियो बनाउन साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पु¥याउँछ।

लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर बस्नु हुँदैन डा. झाले भने, “बस्नु परेपछि कुसनको सहायतामा ढाड बिसाउने। कम्प्युटरको काममा एकरदुई घण्टा बसिसकेपछि ५ देखि १० मिनेटको आराम लिने अथवा एकछिन हिँड्डुल गर्नुपर्छ।

उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर बस्ने बानी बसाल्नु हुँदैन। सुत्दा सीधा सुत्नुपर्छ घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो। यदि नसा च्यापिएको छ भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुत्नुपर्ने पनि उनको सुझाव छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता