राजनीति |


रविको आरोप- राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेको खुशीयालीमा पार्टी गरे

Posted on October 01, 2023 | views : 586 |

असोज १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसको अवसरमा राष्ट्रिपति रामचन्द्र पौडेलले आयोजना गरेको भोजमा आफू सहभागी हुन नपरेकोमा खुशी व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हत्या आरोपीलाई संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट भएको उन्मुक्तिप्रति आपत्त

Read More

सुन तस्करी छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन, संयोजक डिल्ली आचार्य

Posted on October 01, 2023 | views : 846 |

असोज १४, काठमाडौँ | सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्र

Read More

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

Posted on October 01, 2023 | views : 594 |

असोज १४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो १२ः३० बजे बोलाइएको हो । बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतले बतायो । आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा स

Read More

रास्ववाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

Posted on October 01, 2023 | views : 513 |

असोज १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिस्कार गरेको छ । रास्वपा अध्यक्ष रवि लामिछानेले मूल्य वृद्धिको विरोधमा बैठक बहिस्कार गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे सात दलको बैठक बो

Read More

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

Posted on October 01, 2023 | views : 659 |

असोज १४, काठमाडौँ | प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक सञ्चालनका लागि प्रधान

Read More

नागरिकलाई कुरा होइन, काम गरेर परिणाम दिनुपर्छ: कानुनमन्त्री गुरुङ

Posted on October 01, 2023 | views : 330 |

असोज १४, धुलिखेल | कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् । विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित  ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ का

Read More

एमाले कोशी अधिवेशन: आज उम्मेदवारी दर्ता, मतदान भोली

Posted on September 30, 2023 | views : 598 |

असोज १३, विराटनगर | नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ : १५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहा

Read More

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कमजोर छ : अध्यक्ष केसी

Posted on September 30, 2023 | views : 439 |

असोज १३, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताएका छन् । शनिबार राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उनले राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकि

Read More

चीन भ्रमण पूर्णरुपमा सफल : प्रधानमन्त्री प्रचण्ड

Posted on September 30, 2023 | views : 442 |

असोज १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान

Read More

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

Posted on September 30, 2023 | views : 618 |

असोज १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत

Read More

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, विमानस्थलमा गरियो स्वागत

Posted on September 30, 2023 | views : 646 |

असोज १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाट काठमाडौँ फर्किएका हुन् ।  दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेक

Read More

कांग्रेसको दलित संघको अध्यक्ष पदमा लोकबहादुर विश्वकर्मा नियुक्त

Posted on September 30, 2023 | views : 529 |

असोज १३, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सुर्खेतका विश्वकर्मालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोध

Read More

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल

Posted on September 30, 2023 | views : 460 |

असोज १३, छन्दु | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कु

Read More

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल भयोः परराष्ट्रमन्त्री साउद

Posted on September 30, 2023 | views : 477 |

असोज १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए ।  ची

Read More

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

Posted on September 30, 2023 | views : 362 |

असोज १३, काठमाडौँ | नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ । हिजो राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्प

Read More

प्रधानमन्त्री प्रचण्ड आज चीन भ्रमणबाट स्वदेश फर्किँदै

Posted on September 30, 2023 | views : 345 |

असोज १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन भ्रमणबाट स्वदेश फर्किँदै छन् ।  अमेरिकामा राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज १५ दिनपछि स्वदेश फर्किन लागेका हुन् ।  प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू चीनको

Read More

२ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरका वडा सदस्य दोषी ठहर

Posted on September 29, 2023 | views : 972 |

असोज १२,  काठमाडौँ | काठमाडौं महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो। काठमाडौं महानगरपालिका-१४ का वडासदस्य महर्जन २ वर्षअघ

Read More

ठूला दललाई रवि लामिछानेको चुनौती: ०८४ को निर्वाचनमा रास्वपा जस्ता नयाँ दललाई असान्दर्भिक बनाइदिनुस्

Posted on September 29, 2023 | views : 611 |

असोज १२,  काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने आम निर्वाचनमा रास्वपाका उम्मेदवारको जमानत जफत गर्नेगरि काम गरेर देखाउन ठूला दललाई चुनौती दिएका छन् । लामिछाने आज एक अपील जारी गर्दै ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पु

Read More

महेश बस्नेतको अरोपः बालेनले असफल माओवादी शैली अपनाए

Posted on September 29, 2023 | views : 531 |

असोज १२, काठमाडौँ | नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको कारण १० करोड निजी लगानीमा बनेको जडिबुटीको बसपार्क सञ्चालनमा आउन नसकेको बताएका छन् । पूर्व जाने यात्रुका लागि बनाइएको उक्त बसपार्क बालेको बखेडाले सञ्चालन हुन नसकेको उनको अरोप छ । बालेनले आफ

Read More

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई

Posted on September 29, 2023 | views : 548 |

असोज १२, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव एन्टाको कार्यक्रममा सहभागी हुन आज बिहान अमेरिका लागेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको प्रचार विभाग प्रमुख

Read More

प्रधानमन्त्री प्रचण्ड आज चीनको छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

Posted on September 29, 2023 | views : 465 |

असोज १२, मानसरोवर | चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र

Read More

सामान्य प्रशासन मन्त्रालयले गर्यो १८ शाखा अधिकृतको सरुवा

Posted on September 28, 2023 | views : 603 |

असोज ११, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार गरेको सरुवा सूची अनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ ।  गृहमा राष्ट्रिय किताबखाना ज्योती अर्याल, नारायण घर्ती, राष्ट्रपतिको कार्यालयका बद्री खतिवडा, गण्डकी

Read More

एमाले वाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

Posted on September 28, 2023 | views : 487 |

असोज ११, काठमाडौँ | नेकपा (एमाले)को प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम

Read More

इन्द्रजात्रा हेर्न आइपुगेका विदेशी पाहुनालाई काठमाडौँ महानगर गरे स्वागत

Posted on September 28, 2023 | views : 626 |

असोज ११, काठमाडौं | इन्द्रजात्रा अवलोकन गर्न आएका विभिन्न देशका जनप्रतिनिधिहरुलाई काठमाडौँ महानगरपालिकाले स्वागत गरेका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन्

Read More