२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकलाई कुरा होइन, काम गरेर परिणाम दिनुपर्छ: कानुनमन्त्री गुरुङ

२०८०, १४ आश्विन आईतवार ०२:५७

असोज १४, धुलिखेल | कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् ।

विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित  ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रममा उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए । 

भुम्लु गाउँपालिकामा धेरै वर्षदेखि भूमिहीन रहेको नागरिकलाई लालपुर्जा वितरण गर्ने र छिमेकी जिल्लासँगको सीमा विवादको समस्यालाई समाधान गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले यसका लागि आवश्यक समन्वयको काम गर्ने बताए ।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले ग्रामीण क्षेत्रमा बसोबास गरेका नागरिकको मुटु परीक्षण गरी सेवा प्रदान गर्न सहयोग गरेकामा खुसी व्यक्त गर्दै आयोजकलाई सहकार्यमा निरन्तता दिन आग्रह गरे । मुटुको उपचार पहुँचवालाले मात्रै गर्ने हो, गरिबले गर्न सक्दैन भन्ने चिन्तामा रहेको नागरिकलाई सहयोग गर्न र परीक्षण गरी स्वस्थ रहनुपर्छ भनेर शिविर आयोजना सही सन्देश दिन सफल भएको उनले बताए ।

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले आयोजक संस्थाले भुम्लुलाई छनोट गरी सेवा दिनका लागि सहकार्य गरेकामा खुसी व्यक्त गर्नुभयो । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक गभर्नर चन्द्रकुमार केसीले गाउँका दूरदराजमा रहेको नागरिकमा सेवा पुर्याउनका लागि सेवा प्रदान गरेको बताए ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्लले परीक्षणको क्रममा जन्मजात मुटुमा समस्या देखिएका बालबालिकाका लागि गङ्गालाल हृदय रोग निवारण केन्द्रमा उपचार गर्ने व्यवस्था मिलाउने जानकारी दिए । 

भुम्लु गाउँपालिका र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रद्वारा संयुक्त आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा छ सय जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल