२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको आरोप- राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेको खुशीयालीमा पार्टी गरे

२०८०, १४ आश्विन आईतवार ०८:४९

असोज १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसको अवसरमा राष्ट्रिपति रामचन्द्र पौडेलले आयोजना गरेको भोजमा आफू सहभागी हुन नपरेकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हत्या आरोपीलाई संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट भएको उन्मुक्तिप्रति आपत्ति जनाए ।

उनले भने, ‘संविधान दिवसको अवसरमा राष्ट्रपतिज्यूले भोजको आयोजना गर्नुभएको थियो । तर, म सरिक हुन पाइनँ । तर, संयोगले त्यो दिन मैले रोल्पामा एक परिवारले बनाएको ढिडो खान पाएँ । मलाई लागेको थियो, राष्ट्रपतिज्यूले आयोजना गरेको त्यो संविधान दिवसको भोज थियो, त्यो खुशी थियो संविधान दिवसको उपलक्ष्यमा । तर, त्यो भोज संविधान पाएको खुशीको होइन रहेछ । दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति भएको पार्टी रहेछ। म खुशी छु, त्यो पार्टीमा त्यो जुठो खान परेन ।’

उनले जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधानमाथि आशा र भरोसा गरेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिबाट जन्मकैद पाएको हत्यारालाई उन्मुक्ति दिने काम स्वीकार्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल