समाज | काठमाडौँ - KTM


काठमाडाैं उपत्यका नै बाढीकाे जाेखिममा

Posted on July 14, 2019 | views : 328 | काठमाडौँ - KTM

असार २९, काठमाडौं । नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ ।  राजधानी दैनिकमा खबर छ । गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले १ अर्ब क्षत

Read More

कोशी ब्यारेजका सबै ढोका खोलिए

Posted on July 14, 2019 | views : 671 | काठमाडौँ - KTM

असार २९, विराटनगर । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधि

Read More

भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा डुबान

Posted on July 14, 2019 | views : 323 | काठमाडौँ - KTM

असार २९, राजविराज । भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । कोसीको पानी बस्तीमा पसेपछि करिब ३ सय घरपरिवार विस्थापित भएका छन् ।  कोसीको जलस्तर बढ्ने क्रम जारी रहेकाले ब्यारेजदेखि रम्पुरा मल्हनि

Read More

बाढीपहिरो अपडेट : मर्नेका सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता

Posted on July 13, 2019 | views : 588 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भ

Read More

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

Posted on July 13, 2019 | views : 227 | काठमाडौँ - KTM

 असार २८,  (रासस÷एएफपी)  । सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घटनामा परी अरु ५६ जना घाइते भएका छन् ।  देशको दक्षिणी क्षेत्रमा रहेको चर्

Read More

पहिरोमा परि नौ जना बेपत्ता

Posted on July 13, 2019 | views : 492 | काठमाडौँ - KTM

असार २८, डोल्पा । मुड्केचुला गाउँपालिका–१, २ र ३ मा आज पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ ।  बेपत्ता हुनेमा चार बालबालिका रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । पानी घट्ट गएका धनरुपा बोहोरा, विचित्र बोहोरा, सारिका बस्नेत, निर्मल बोहोरालगायत

Read More

खोला तर्ने क्रममा तीन किशोरी बेपत्ता

Posted on July 13, 2019 | views : 511 | काठमाडौँ - KTM

असार २८, फिक्कल । इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर आ

Read More

राहतकार्यमा जुट्न राजपाको अपिल

Posted on July 13, 2019 | views : 337 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले निरन्तरको वर्षाका कारण मुलुकका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतकार्यमा जुट्न सबैमा अपिल गरेको छ । राजपाले आज एक विज्ञप्ति जारी गर्दै विपद्को यस घडीमा बचाउ, उद्धार र राहतमा तदारुकताका साथ अगाडि बढ्न

Read More

बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न दबाब

Posted on July 13, 2019 | views : 750 | काठमाडौँ - KTM

असार २८, धरान । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो । अहिले ५६ ढोकामध्ये ३६ ढ

Read More

बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

Posted on July 13, 2019 | views : 378 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ  । अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । बाढी पहिरोमा परी काठमाडौँ, खोटाङ, ललितप

Read More

हराएको नवजात शिशु भेटियो, शिशु चोर्ने महिला पक्राउ

Posted on July 13, 2019 | views : 554 | काठमाडौँ - KTM

असार २८, पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३ः०० बजेतिर अस्पतालबाट हराएको थियो । कालीगण्डकी गाउँपालिका मिर्मी बजार क्षेत्रमा आज बिहान शिशुसहित महिला भेटिएकी हुन् । पाल्पा र स्

Read More

बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति उपराष्ट्रपति मर्माहत

Posted on July 13, 2019 | views : 224 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको जनाउनुभएको छ ।  आज एक वक्तव्य जारी गर्दै उहाँले बाढी, पहिरो तथा डुबानबाट दर्जनौंको मृत्यु, बेपत्ता र घाइते हुनुका साथै हजा

Read More

पहिरोमा परी तीन जना बेपत्ता

Posted on July 13, 2019 | views : 312 | काठमाडौँ - KTM

असार २८, भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा_ तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पहिरो पन्

Read More

भारतमा बर्षापछिका घटनामा परी पन्ध्र जनाको मृत्यु

Posted on July 13, 2019 | views : 272 | काठमाडौँ - KTM

असार २८, एएनआई । भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्किएका

Read More

‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

Posted on July 13, 2019 | views : 460 | काठमाडौँ - KTM

असार २८, बनेपा । घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् । घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी व

Read More

सप्तकोशीमा पानीको बहाव उच्च, ३० ढोका खोलिए

Posted on July 13, 2019 | views : 531 | काठमाडौँ - KTM

 असार २८, धरान । सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५५ मध्ये ३० ढोका खोलिएका छन् । आज बिहानको मापनअनुसार नदीमा दुई लाख २६ हजार ७०० क्यूसेक पानी पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ । नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले स

Read More

सुर्खेत–नेपालगञ्ज सडकखण्ड: बस ठोकिँदा ३४ घाइते, आठ गम्भीर

Posted on July 13, 2019 | views : 625 | काठमाडौँ - KTM

असार २८, सुर्खेत | सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।   शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख

Read More

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

Posted on July 13, 2019 | views : 293 | काठमाडौँ - KTM

असार २८, भरतपुर | पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् ।  गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

Read More

बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभुवन राजपथ अवरुद्ध

Posted on July 13, 2019 | views : 298 | काठमाडौँ - KTM

असार २८, हेटौडा | मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको

Read More

आइतबारसम्म भारी वर्षा

Posted on July 13, 2019 | views : 250 | काठमाडौँ - KTM

असार २८, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ । मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्ष

Read More

शनिबार र आइतबार मनसुन अति सक्रिय हुने, आगामी २४ घण्टाका लागि चेतावनी

Posted on July 12, 2019 | views : 439 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | आज काठमाडौँ लगायत देशभरी बर्षाको प्रभाव रह्यो । मौषमविदहरुका अनुसार हाल मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू- भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी

Read More

बाढीबाट जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार

Posted on July 12, 2019 | views : 563 | काठमाडौँ - KTM

असार २७, लहान । कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि आज उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको आज साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदी

Read More

जल तथा मौसम विभागद्वारा आगामी दुई दिनसम्म उच्च सतर्कतामा रहन आग्रह

Posted on July 12, 2019 | views : 391 | काठमाडौँ - KTM

भीष्मराज ओझा, असार २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आगामी दुई दिनसम्म रहने भएकाले जनसाधारणलगायत सबै सरोकारवालालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । साथै आवश्यक परे विभागको मौसम तथा बाढी पूर्वानुमान शाखामा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था विभ

Read More

सप्तकोशीमा खतराको सङ्केत, कोशी ब्यारेजका २३ वटा ढोका खुला

Posted on July 12, 2019 | views : 418 | काठमाडौँ - KTM

असार २७, सप्तरी । दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ ।  आज अपराह्नसम्म सप्तकोशी नदीमा पानीको ब

Read More

आठ घण्टादेखि अवरुद्ध विमानस्थल सञ्चालन

Posted on July 12, 2019 | views : 313 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ । विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले रा

Read More

अविरल वर्षाका कारण आएको बाढी, पहिरोबाट १७ को मृत्यु, सात जना बेपत्ता

Posted on July 12, 2019 | views : 348 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ  । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।  बाढी, पहिरोमा परेर काठमाडौँ र ख

Read More

सिन्धुलीमा पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु

Posted on July 12, 2019 | views : 440 | काठमाडौँ - KTM

असार २७, सिन्धुली । सिन्धुलीमा लगातारको अविरल वर्षाका कारण पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो । गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्य

Read More

बर्षाको कारण हालसम्म ११ जनाको मृत्यु,८जना बेपत्ता,१३ जना घाइते

Posted on July 12, 2019 | views : 415 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ  | आषाढ २६ गतेदेखिको निरन्तर बर्षाको कारण देशभरमा ११ जनाको मृत्यु, ८ जना बेपत्ता भएको, १३ जना घाइते भएका छन् |  वर्षातको समयमा अपनाउनु पर्ने सतर्कता तथा अत्यावश्यक सुरक्षाका उपायहरु अपनाउन राष्ट्रिय आपतकालीन सहयोग केन्द्रले अनुरोध गरेको छ |  

Read More