कञ्चनपुरमा करेन्ट लागेर कामदारको मृत्यु

Posted on: 31 Jan, 2024

माघ १६, काठमाडौँ | कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. मा पोलमा तार विस्तार गरिरहेका बेला पुनर्वास नगरपालिका–१, पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर घाइते भएका रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

पूर्णागिरी कन्स्ट्रक्सन प्रा.लि.ले नेपाल विद्युत् प्राधिकरणबाट ठेक्का लिई लाइन अपग्रेडिङको काम गरिरहेको थियो । मृतक राना कामदार रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डाँगीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!