अरुण चौधरीलाई चार दिन थुनामा राख्न अनुमति

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौँ | काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको थियो ।

जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!