२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानस्थलमा कुटपिट प्रकरण : असई तामाङलाई निलम्बन, डीएसपीलाई सचेत सिफारिस

२०८०, १८ माघ बिहीबार ०६:५१

माघ १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट प्रकरणमा नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ । प्रहरी र विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितिले सो सिफारिस गरेको हो ।

घटनामा संलग्न दुई प्रहरी जवानलाई विभागीय कारबाही गर्न पनि समितिले सिफारिस गरेको छ । यस्तै, विमानस्थलमा खटिएका प्रहरीको तत्कालीन समयमा ‘कमान्ड’ गरेका डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन समितिको सिफारिस छ । उनले आफू मातहतका प्रहरी कर्मचारीलाई कुशलतापूर्वक कमान्ड गर्न नसकेको समितिको निष्कर्ष छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा हाल डीआईजी अर्जुनचन्द ठकुरी छन् । घटना भएको दिन उनी बिदामा थिए । उनीपछिका एसएसपी र एसपी ‘मिटिङ’लगायत कामका सिलसिलामा कार्यालयभन्दा बाहिर थिए । त्यसैले डीएसपी पोखरेलले कमान्ड गरेका थिए ।

प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत समितिले विमानस्थलबाट हटाउन सिफारिस गरेको छ ।

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार (हिजो) गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । गएको शुक्रबार गृहले गठन गरेको समितिमा डीआईजी राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति