१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँच तारे होटलमा १५ दिन मोजमस्ती गरेकी एक महिलाको बैंक खातामा जम्मा ४१ भारुमात्रै भएपछि…

१७ माघ २०८०, बुधबार ०९:३१

माघ १६, काठमाडौँ | भारतको राजधानी नयाँ दिल्लीस्थित एयरोसिटीमा रहेको पाँच तारे होटल ‘पुलम्यान’ मा एउटा अनौठो घटना भएको छ । उक्त होटलमा १५ दिन बिताएर मोजमस्ती गरेकी एक महिलाले करिब ६ लाख भारु बिल तिर्न नसकेपछि कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला १३ डिसेम्बरका दिन उक्त होटलमा फर्जी नाम लेखाएर कोठा लिएकी थिइन् । उनी १५ दिन सो होटलमा बसेर विभिन्न सुविधा उपभोग गरेकी थिइन् । उनले यो अवधिमा स्पा सेवा अन्तर्गतमात्र उनको बिल २ लाख ११ हजार उठेको होटल प्रशासनले जनाएको छ ।


१५ दिन बस्दा ५ लाख ८० हजार भारुको बिल तयार भएको थियो । उनले अनलाइनमार्फत भुक्तानी गर्ने बताइन् तर होटलको खातामा रकम जम्मा भएन । त्यसपछि होटल स्टाफले ती महिलालाई आफ्नो बैंक खाता विवरण देखाउन भने । तर उनले आफ्नो खाता विवरण देखाउन मानिनन् ।

त्यसपछि उनी होटलबाट बाहिर निस्कन खोजिन् । बिल भुक्तानी नगरी बाहिर जान खोजेकी उनलाई होटलका सुरक्षाकर्मीले नियन्त्रणमा लिए । त्यसपछि होटल प्रशासनले प्रहरीलाई घटनाबारे जानकारी गरायो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ती महिलाको बैंक खातामा जम्मा ४१ भारुमात्र रहेको पाइयो । प्रहरीले ठगी, नक्कली दस्तावेज प्रयोग लगायत विभिन्न अभियोगमा उनीविरुद्ध उजुरी दर्ता गरेको छ ।

प्रहरीका अनुसार ती महिलाले आफूलाई डाक्टर बताउने गरेकी छन् । आफ्नो पति पनि डाक्टर रहेको र ऊ अमेरिकाको न्युयोर्कमा रहेको ती महिलाले बताएको प्रहरीको भनाइ छ । महिला साँच्चै नै डाक्टर हो कि होइन भन्ने पनि प्रस्ट नभएको प्रहरीले जनाएको छ ।

ती महिलाले अर्कै नाममा होटलको कोठा बुक गरेको भए पनि अनुसन्धानबाट उनको असली नाम झाँसी रानी स्यामुअल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक