ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य बृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेकोछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!