नर्भिक हस्पिटलकाे शनिवार नि:शुल्क ओपिडी सेवा

Posted on: 31 Jan, 2024

माघ १६, काठमाडौँ | नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले यही माघ २० गते शनिबार नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आईभीएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो । 


नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ । डा शर्मासँग स्वास्थ्य जाँच वा परामर्श गर्न बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । 

नि:शुल्क ओपिडी सेवा बिहान १० बजेदेखी अपरान्ह ३ बजेसम्म संचालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निशुल्क गरिएको नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्राले जानकारी दिए । नि:शुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधरण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित् विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!