२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ननुहाएको भन्दै श्रीमतीले श्रीमानविरुद्ध मुद्दा हालेपछि…

२०८०, १८ माघ बिहीबार १०:०६

माघ १८, अंकारा | टर्कीमा एक महिलाले आफ्नै श्रीमानविरुद्ध मुद्दा हालेकी छिन् । 

नियमित रुपमा ननुहाएको, जीउबाट पसिना ह्वास्स गन्हाएको र दाँत पनि हप्तामा एक दुई पटक मात्रै माझ्ने गरेको भन्दै ती महिलाले मुद्दा हालेकी थिइन् । ती महिलाको पहिचान टर्कीस सञ्चार माध्यमहरुले ए. वाई. भनेर दिएको छ । व्यक्तिगत सरसफाइ फिटिक्कै नगरेको भन्दै महिलाले पतिसँग सम्बन्ध विच्छेदको माग गरेकी थिइन् ।

पीडितको पतिले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिनसम्म एउटै लुगा लगाइ रहने, विरलै नुहाउने अनि शरीरबाट जतिबेला पनि पसिनाको दुर्गन्ध आउने गरेको वादीको वकिलले अंकारास्थित १९ औँ पारिवारिक अदालतमा भनेकी थिइन् । 


यी दाबीहरु पुष्टि गर्न अदालतमा साक्षीका रुपमा प्रतिवादीका केही परिचित र उनका केही सहकर्मीलाई उपस्थित गराइएको थियो । सबै साक्षीले प्रतिवादीको व्यक्तिगत सरसफाइमा कमीलाई पुष्टि गर्ने बयान दिएका थिए । अदालतले महिलाको पारपाचुकेको अनुरोधलाई स्वीकार गरेको छ भने श्रीमानलाई ५ लाख टर्कीस लिरा (करिब २२ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पनि तिर्न आदेश दिएको छ ।

श्रीमान् श्रीमती जो भएपनि एक साथ जीवनयापनका जिम्मेवारी निर्वाह गर्नु पर्ने ए. वाई.का वकिल सेनेम यिलमेजलले भनिन् । व्यक्तिगत सरसफाइमा ध्यानै नदिने एकको बानीका कारण सँगै जीवनयापन दुष्कर बन्दै जान्छ भने अर्को पक्षसँग सम्बन्ध विच्छेद गर्ने अधिकार भएको उनको भनाई थियो । 

टर्कीको मुलुकी ऐनमा सम्बन्ध विच्छेदका कारणहरुलाई विशेष र सामान्य भनेर दुई श्रेणीमा विभाजित गरिएको छ । यो मामिलामा क्षेत्रीय अदालतको न्यायाधीशले पीडितको श्रीमानको व्यवहारलाई सम्बन्ध विच्छेदको वैधानिक कारणको रुपमा मान्यता दिएको थियो । हालै भएको पछिल्लो फैसलामा पुनरावेदन अदालतले क्षेत्रीय अदालतको निर्णयलाई कायम राखेको छ ।

पीडितको पति सी. वाई. ले ७ देखि १० दिनमा एक पटक नुहाउने गरेको अदालतमा बुझाइएको दस्ताबेजले देखाएको थियो । उनले हप्तामा एक वा दुई पटक मात्रै दाँत माझ्थे । जसका कारण उनी नजिकमा आउँदा सास पनि ह्वास्स गन्हाउँथ्यो । केही समकक्षीहरुले सी. वाई.को शरीरबाट आउने दुर्गन्धका कारण उनीसँग काम गर्नु यातना जस्तै हुने बताएका  थिए । केही वर्ष अघि भारतमा एक पुरुषले दिनहुँ ननुहाएको भन्दै आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदको मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति