१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध लागूऔषधसहित पाँचजना पक्राउ

१७ माघ २०८०, बुधबार ११:३२

माघ १६, काठमाडौँ | देशका विभिन्न स्थानबाट पाँच जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ बैंक रोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३३ मिलिग्रामसहित सोही महानगरपलिका-१७ बस्ने १९ वर्षीया अनिता बैठालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बैठाले उक्त पदार्थ विराटनगर महानगरपालिका-१७ घर भई सोही महानगरपालिका-१६ बर्मा टोल डेरा गरी बस्ने ३० वर्षीया सरस्वती गुरूङबाट ल्याएको खुल्न आएपश्चात प्रहरीले गुरूङको कोठा तलासी गर्दा डिजिटल तराजु १ थान फेला पारी उनलाई समेत पक्राउ गरेको हो । 

मोरङकै पथरीशनिश्चरे नगरपालिका-४ बकाईनोडाँडा बस्ने ३३ वर्षीय चित्र कुमार रपाल (वि.क)लाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २५ ग्राम, मोबाइल ५ थान र डिजिटल तराजु १ थानसहित  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

झापाकाे मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका-५ बस्ने २२ वर्षीय स्मार्ट थेवेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सिरहाकाे लहान नगरपालिका-१२ भोटिया टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम, डिजिटल तराजु १ थान र नगद २५ हजार ९ सय ९० रूपैयाँसहित सोही ठाउँ घर भई सोही नगरपलिका-१२ भोटिया टोल डेरा गरी बस्ने २३ वर्षीय अजय कुमार पुर्वे सुडीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुडीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक