१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काँचो माछा भित्र ब्राउन सुगर प्याक गरेर जेलका कैदीलाई उपहार!

१८ माघ २०८०, बिहीबार ०८:००

माघ १८, काठमाडौँ | कारागार भित्र लागुऔषध कसरी छिर्छ? यो प्रश्नको उत्तर दिने घटना भर्खरै बर्दिया कारागारमा भएको छ। काँचो माछा भित्र लागुऔषध ब्राउन सुगर प्याक गरेर जेल भित्र पठाउने गरिएको घटना सार्वजनिक भएको छ।

माछा भित्र ब्राउन सुगर प्याक गरेर जेलमा रहेका कैदी साथीलाई उपहार दिन खोज्ने एक जनालाई बर्दिया कारागारको सुरक्षामा खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्ती का २२ वर्षीय विजय तिरुवा छन्। 


अवैध लागूऔषध ब्राउन सुगरको धुलो पदार्थ ५ सय २० मिलिग्राम सहित बुधबार दिउँसो कागारको सुरक्षामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले उक्त परिमाणको ब्राउन सुगर काँचो माछा भित्र प्याक गरेर जेलमा रहेका आफ्ना कैदी साथीलाई उपहार दिन खोजेका थिए। सोही बेलामा उनी पक्राउ परेका हुन्। 

लागुऔषधको कसुरमा जेलमा रहेका व्यक्तिलाई भेट्न भनेर कारागार पुगेका उनले माछा उपहार भन्दै लगेका थिए। काँचो माछाको टाउकाको भागको गिल भित्र ब्राउन सुगर हालेर लिएर गएका थिए। उनले ल्याएको काँचो माछा प्रहरीले हेर्ने क्रममा माछा भित्र ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुधीरराज शाहीले नेपाल लाइभलाई जानकारी दिए।

‘कैदी साथीलाई उपहार भनेर माछा लिएर आएका रहेछन्। प्रहरीले शंका लागि माछा खोलेर हेर्दा माछाको गिल भित्र ब्राउन सुगर लुकाइएको भेटिएपछि हामीले पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं,’ एसपी शाहीले नेपाल लाइभसँग भने।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक