विश्व |


जापानको भूकम्पमा परी १३ जनाको मृत्यु, खोज तथा उद्धारको काम जारी

Posted on January 02, 2024 | views : 368 |

पुस १७, काठमाडौं | जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । अहि

Read More

जापानमा ७.४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

Posted on January 01, 2024 | views : 529 |

एजेन्सी | जापानमा ७.४ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयानुसार सोमबार साँझ ४:१० बजे उत्तरी मध्य जापान केन्द्र भएर भूकम्प गएको छ।  भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इशिकावा, निगाटा र तोयामा प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ। इशिकावा प्रिफेक्चरको नोटोस

Read More

२०२३ मा ७ करोड ५० लाख बढ्यो विश्वको जनसंख्या, २०२४ मा कति ?

Posted on December 31, 2023 | views : 494 |

एजेन्सी | आज सन् २०२३ को अन्तिम दिन अर्थात न्यू इयर इभ । आज सम्पूर्ण विश्व सन् २०२३ लाई विदाइ गर्दैछ भने भोलिदेखि हामी नयाँ वर्ष २०२४ को स्वागत गरिरहेका हुनेछौं । यसैबीच, सन् २०२३ मा विश्वको जनसंख्या सात करोड ५० लाख बढेको तथ्यांक सार्वजनिक भएको छ । योसंगै अब सन् २०२४ मा विश्वको जनसंख्या बढेर आठ अर्ब

Read More

सम्भावित ‘युद्ध’को तयारी गर्न सेनालाई किमको निर्देशन

Posted on December 31, 2023 | views : 363 |

पुस १५, काठमाडौँ | उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । नेता किमले सन् २०२४ का लागि आफ्न

Read More

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी

Posted on December 30, 2023 | views : 323 |

पुस १४, इजरायल | उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ ।  इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँ

Read More

फ्रान्सकी मायर्स बनिन् १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला

Posted on December 30, 2023 | views : 412 |

पुस १४, काठमाडौँ | फ्रान्सकी ७० वर्षीया फ्राँस्वाज बेताँकूर मायर्सको १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् ।  मायर्स यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो महिला हुन् । मायर्स विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी लिओरियलको होल्डिङ कम्पनी तिथिसकी अध्यक्ष र लोरियल ग्रुपको बोर्ड अफ डाइर

Read More

धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै रणवीर कपुरविरुद्ध उजुरी

Posted on December 28, 2023 | views : 334 |

पुस  १२, काठमाडौं | बलिउड अभिनेता रणवीर कपूरविरुद्ध मुम्बईको घाटकोपर पुलिस स्टेशनमा धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उजुरी दर्ता भएको छ। हालै सामाजिक सञ्जालमा रणवीरको एउटा भिडियो भाइरल भएको थियो, जसमा उनी केक जलाएपछि ‘जय माता दी’ भन्दै थिए । रणवीरको यो भिडियोको निकै आलोचना पनि भएको थियो ।

Read More

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव जारी

Posted on December 27, 2023 | views : 310 |

पुस ११, काठमाडौँ | नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेष गरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।  दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजराइली

Read More

ओस्कार विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता लि सन–क्युन मृत भेटिए

Posted on December 27, 2023 | views : 147 |

पुस ११, काठमाडौँ | दक्षिण कोरियाली अभिनेता लि सन–क्युन मृत भेटिएका छन् । लि ओस्कार विजेता फिल्म प्यारासाइटमा उनको भूमिकाका लागि चर्चित थिए । ४८ वर्षीय अभिनेता बुधबार सोलको एउटा मुख्य पार्क क्षेत्रमा कारभित्र अचेत अवस्थामा भेटिएको सञ्चार माध्यमहरूले बताएका छन् । लिको मृत्यु हो कि आत्महत्या भन्ने चाँह

Read More

पाइलट नै नभएको कार्गो विमान उडेपछि

Posted on December 26, 2023 | views : 1547 |

एजेन्सी | विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एउटा कार्गो विमानले कोही चालक नहुँदा पनि सारा उडान सफलतापूर्वक पूरा गरेको छ । कूल १२ मिनेटको सो उडानमा विमान उत्तरी क्यालिफोनिर्याको होलिष्टर एयरपोर्टबाट छुटेको थियो । विमानलाई रिलायबल रोबोटिक्सले चलाएको थियो । कम्पनीले सन् २०१९ देखि नै अर्ध–स्वचालित उडान

Read More

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

Posted on December 26, 2023 | views : 377 |

पुस १०, काठमाडौँ | भारतमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। संक्रमण दर बढेसँग मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ। मंगलबार थपिएका नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या ४ हजार

Read More

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

Posted on December 26, 2023 | views : 413 |

पुस १०, कीभ | युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको

Read More

जेलले बन्दीमाथि निगरानी गर्न कुकुरको ठाउँमा हाँसको हुल राखेपछि...

Posted on December 25, 2023 | views : 331 |

एजेन्सी | ब्राजिलको सान्टा क्यान्टरिना राज्यमा रहेको एउटा जेलले हालै बन्दीहरूमाथि निगरानी गर्ने कुकुरहरूको समूहलाई हटाएर हाँसको हुल राखेको छ । यी हाँसहरूले बन्दी भाग्न थालेकोलगायत अनौठो खालको आवाज सुनेपछि हल्लाखल्ला गर्छन् ।  अहिलेको समयमा जेलहरूले बन्दीहरू भाग्न नसकुन् भनेर अनेकौँ उन्नत र परिष

Read More

नक्कली श्रम स्वीकृति पाएपछि मुम्बई विमानस्थलबाट कुवेत र यूएई जना लागे ८ जना नेपाली पक्राउ

Posted on December 25, 2023 | views : 1318 |

पुस ९, मुम्बई | नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा आठ जना नेपाली नागरिक पक्राउ परेका छन् । मुम्बई हुँदै कुवेत र यूएई जना लागेका उनीहरूलाई  मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको मुम्बई अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका

Read More

वैज्ञानिकहरुले बनाए मृत्युको मिति ठ्याक्कै भविष्यवाणी गर्ने एआई प्रणाली

Posted on December 21, 2023 | views : 777 |

एजेन्सी | अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्यु समेत मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन् ।  लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्न

Read More

इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो

Posted on December 21, 2023 | views : 274 |

पुस ५, काठमाडौं | गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् ।  यसैबीच वेस्टब्यांकमा इजरायली आक्रमण

Read More

भारतको तमिलनाडुमा बाढीमा परेर १० जनाको मृत्यु

Posted on December 20, 2023 | views : 466 |

पुष ४, काठमाडौँ | भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँ

Read More

आईपीएल अक्सनमा पञ्जाबले झुक्किएर गलत खेलाडी किनेपछि...

Posted on December 20, 2023 | views : 1374 |

एजेन्सी | विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन (खेलाडी खरिद प्रक्रिया) मंगलबार दुबईमा सम्पन्न भएको छ । आगामी आईपीएलमा सहभागी १० वटै क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका छन् । अक्सनमा पञ्जाब किङ्सले भारतका खेलाडी सशांक सिंहलाई खरिद गर्यो । उन

Read More

अमेरिकी राष्ट्रपतिको चुनाव अगाडि डोनाल्ड ट्रम्पलाई झट्का, चुनाव लड्न अयोग्य ठहर

Posted on December 20, 2023 | views : 243 |

पुष ४, काठमाडौँ | अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले चुनाव लड्न अयोग्य ठहर गरेको छ। करिब ३ वर्ष अगाडि अमेरिकी संसद् भवनमा भएको विद्रोहमा संलग्न रहेको भन्दै कोलोराडो राज्यको सर्वोच्च अदालतले ट्रम्पलाई आफ्नो राज्यमा चुनाव लड्न अयोग्य ठहर गरेको हो।  संवैधानिक विद्रोहको धारा उद्धृ

Read More

के दाउद इब्राहिमको मृत्यु भएको हो ?

Posted on December 19, 2023 | views : 493 |

एजेन्सी | भारतको दुष्मन नम्बर एक मानिने कुख्यात आतंककारी दाउद इब्राहिम कासकर मारिएको समाचारले निक्कै खलबली मच्चिएको छ । बताइएअनुसार दाउदलाई खानामा बिष दिइएको थियो । उनको १७ डिसेम्बरका दिन राति १० बजेको आसपास मृत्यु भएको बताइन्छ । यो खबरको आधिकारिक पुष्टि भने कतैबाट हुन सकेको छैन । हिजो दिनभर नै यो ख

Read More

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

Posted on December 19, 2023 | views : 489 |

पुस ३, काठमाडौँ | उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्द

Read More

चीनमा गयो शक्तिशाली भूकम्प, १०० भन्दाबढीको मृत्यु

Posted on December 19, 2023 | views : 384 |

पुस ३, एजेन्सी | चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ६.२  म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको  छ । भूकम्पमा परी ३०० जना घाइते भएका छन् । मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा

Read More

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि, एकै दिन चार जनाको मृत्यु

Posted on December 18, 2023 | views : 663 |

पुस २, काठमाडौँ | छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। भारतको केरलमा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीन र अमेरिकामासमेत पुष्टि भइसकेको उक्त भेरियन्ट भारतमा फेला परेको हो। भारतको केरल राज्यमा मात्र यो भेरियन्टका १ हजार

Read More

भारतको लोकसभाबाट ३० सांसद निलम्बित

Posted on December 18, 2023 | views : 271 |

एजेन्सी | भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरी समेत ३० जना सांसद निलम्बनमा परेका छन् । हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए । डिसेम्बर १३ तारिखका दिन लोकसभामा भएको सुरक्

Read More