१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा लोकसभा निर्वाचनका लागि मतदान आजदेखि सुरू

७ बैशाख २०८१, शुक्रबार ०३:०८

बैशाख ७, नयाँ दिल्ली | लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ । 

यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ ।

महाराष्ट्रको गडचिरोली र छत्तीसगढको बस्तर जस्ता नक्सल प्रभावित क्षेत्रहरू पनि पहिलो चरणमा समावेश गरिएका छन् भने पहिलो चरणमा जम्मु कश्मीरको उधमपुर लोकसभा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। निर्वाचन अधिकृतका अनुसार यहाँ ६ सय ५४ मतदान केन्द्र रहेका छन् ।

मौसमलाई ध्यानमा राखी देशैभरीका मतदानमा भाग लिने राजनीतिक  दल र मतदाताका लागि आवश्यक व्यवस्था मिलाइएको निर्वाचन अधिकारीहरुले बताएका छन् ।

यी बाहेक पहिलो चरणमा निर्वाचन हुने महत्वपूर्ण सिटहरूमा नागपुर, कन्याकुमारी, चेन्नई सेन्ट्रल, मुजफ्फरनगर, सहारनपुर, कैराना, पिलीभीत, डिब्रुगढ, जोरहाट, जयपुर, छिन्दवाड़ा, जमुई, बस्तर, नैनीताल र लक्षद्वीप आदि पर्छन्। 

धर्मको सहर भनिने हरिद्वार सिटमा पनि पहिलो चरणमा लोकसभा चुनाव हुन लागेको छ भने पहिलो चरणमा असममा पाँच सिटमा चुनाव हुँदैछ, जसका लागि यहाँ १०,००० मतदान केन्द्रहरू बनाइएको छ। जसमध्ये २ सय १९ मतदान केन्द्र गम्भीर मानिएका छन् । करिब ५ हजार ५ सय मतदान केन्द्रमा वेब कास्टिङको व्यवस्था गरिएको छ भने ११ हजार क्यामेरा जडान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग